बस्तुगत क्षेत्रका समस्या समाधानका लागि मेरो उम्मेदवारी हो : अञ्जन श्रेष्ठ

काठमाडौं । नेपाल कृषि प्रधान देश हो । यहाँ ७० लाख श्रमजीवि मध्ये १५ प्रतिशतको योगदान कृषिमा नै भएपनि प्रत्येक वर्ष कृषिजन्य वस्तुको आयात हुने गरेको अञ्जन श्रेष्ठले बताए । अब नेपाललाई आवश्यक पर्ने कृषिका उपाजहरु उत्पादन गरेर अगाडी बढ्नु पर्ने बताए ।

उनी नेपाल उद्योग वाणिज्य महासंघमा बस्तुग तर्फबाट उपध्यक्षको उम्मेदवार हुन् । उनी विगत १६ वर्षदेखि उद्योग वाणिज्य सङ्घमा आवद छन् । १६ वर्षे संलग्नतामा १२ वर्ष महासङ्घका विभिन्न कार्यसमितमा रहेर काम गरिसकेका छन् । उनको ३० वर्षको व्यावसायिक अनुभवमा १६ वर्षसम्मको महासङ्घमा रहेर निजी क्षेत्रका समस्या समाधानमा लागि काम गरिसकेको अनुभव छ ।

उनी भन्छन् ‘निजी क्षेत्रलाई सबल सक्षम र सशक्त बनाउने र देशको अर्थतन्त्र माथि उठाउने नै महासंघको उद्देश्य हो । मेरो लक्ष्य पनि यी नै हुन् । जीडीपीमा ७० योगदान गरेको निजी क्षेत्रको सबलीकरण र सशक्तीकरण गर्दै मुलुकको अर्थतन्त्र सुधार गर्नेमा नै हाम्रो ध्यान रहेको छ । त्यसका लागि मैले आफ्नो कार्ययोजनाको खाका बनाएको छु ।’

कृषि योग्य जमिन पनि घट्दो छ । हामी मौसमी खेतीमा निर्भर भएर कृषि व्यवसाय चलाउन बाध्य छौँ । सिँचाई व्यवस्था त्यति राम्रो छैन । विभिन्न ठाँउमा सानो सानो मात्रा उत्पादन भइरहेका छन् । जसलाई एकिकृत गर्न नसक्दा, एक ठाँउबाट अर्को ठाउँमा लैजादाँ भ्यालु चेनमा घाटा उनले बताए ।

संग्रह, भण्डारण र यातायातमा समस्या छ । बजार पुर्वाधार र सूचनामा समस्या छ । कृषि र बजार मात्र होइन उत्पादक र वितरकको सम्बन्धमा सधैं नै समस्या आएको देखिने गरेको उनको भनाइ छ । सरकारले लगानीका कुरा, अनुसन्धान र विकास, कृषिका टेक्नोलोजी, पशु चिकित्सा सेवाहरु, रोजगार बिमा, हाइब्रिड बीउ र मलमा जोड दिन आवश्यक रहेको उनले बताए ।

नेपाल भारतमाथि निर्भर भएर निर्यात गर्दा ट्यारिफ र नन ट्यारिफ बेरियरको धेरै समस्या भएको र पुर्विनेपालमा अलौंची, अदुवा, चियामा बेला बलामा नन ट्यारिफ बेरियर लगाएर दुख दिने कामहरु भइरहेको उनी बताए छन् ।

भोलीका दिनमा कृषि आधुनिकीकरणमा निजी क्षेत्रलाई बढुवा दिन आवश्यक रहेको छ । कृषि उपजको उचित मुल्य निर्धारण हुन जरुरी छ । सरकारले सामूहिक चक्लाबन्दी कानुनको व्यवस्था गर्न पहल गर्नुपर्ने बताएछन् । रासायनिक मलको अभावका कारण नेपालको कृषि उपजमा वृद्धि भएको छैन ।

रासायनिक मलको कारखाना खोल्न धेरै वटा सरकारको पहल भए पनि नतिजा आउन सकेको छैन । त्यसका लागि पिपिपि मोडलमा गएर पनि मल उत्पादन गर्न सकिने उनको भनाइ छ ।

कृषि रुपान्तरणका लागि सिँचाईमा, स्थानिय उत्पादन, आधुनिक कृषि औजारको प्रयोगमा विशेष ध्यान पुयाउन आवश्यक छ । कृषिमा लगानी बृद्धि गर्नुपर्ने देखिन्छ । कृषि उपकरणको उत्पादनमा निजी क्षेत्र पनि सक्रिय रुपमा लाग्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया