सलमानको चलचित्र ‘राधे’ हलमा नै रिलिज हुने

एजेन्सी । बलिउडका स्टार अभिनेता सलमान खानको चलचित्र ‘राधे’ ईदमा प्रदर्शन हुने भनिएको थियो । कोरोना भाइरसका कारण चलचित्रको छायाँकन कार्य रोकिएको थियो । तर अहिले यो चलसिचत्रको सम्पुर्ण काम भने सकिएको छ ।

बिगत लामो समयदेखि बन्द भएको चलचित्र क्षेत्र भने अब बिस्तारै चलाएमान हुदैछ । विश्व भरि फैलिएको नोबेल कोरोना भाइरसको कारण दर्शकहरु हलमा चलचित्र हेर्न आउन मानिरहेकाे अवस्ता छैन । त्यसैले सलमानको चलचित्र ‘राधे’ डिजिटल प्लेटफर्म मार्फत प्रर्दशन हुने चर्चा थियो ।

भारतिय सञ्चार माध्मका अनुसार ओटीटी प्लेटफर्मले सलमानलाई २५० करोड अफर गरेका थिए । तर, सलमानले उक्त अफर अस्विकार गरे । उनले चलचित्र हलमै रिलिज गर्ने बताए । सलमानको सिनेमाले सिंगल स्क्रीन सिनेमाघर सबैभन्दा बढि कमाई गर्छ । त्यसैले पनि सलमान हलकै प्रतिक्षामा छन् ।

उक्त चलचित्रका निर्देशक प्रभुदेवाले पनि सुरुमै डिजिटलमा प्रदर्शन गर्ने योजना नभएको बताए । ‘यो चलचित्रको लागि लामो प्रतिक्षा हुनेछ, तर भाईको चलचित्र पहिला ठूलो पर्दामै हुन्छ’, उनले भनेका छन् ।

प्रतिक्रिया