महासंघको निर्वाचन पछि के गर्ने भनेर सर्वाजनिक गर्यो अञ्जनको टीमले

काठमाडौं । महासंघमा आएपछि के गर्ने भनेर अञ्जनको प्रथामिताहरु सर्वाजनिक गरेको छ । नेपाल उद्योग बाणिज्य महासंघको आशन्न ५४ औं साधारण सभा र निर्वाचनबाट निर्वाचिपछि के के गर्ने भनेर सर्वाजनिक गरेको हो ।

शेखर गोल्छा समूह अन्तर्गत वस्तुगत तर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठसहितको टीमले निर्वाचनपछि आफ्नो प्राथमिकता रहने विषयहरुका विषय छनोट गरेर काम गरिरहेको छ ।

‘हामीले निर्वाचनको प्रक्रिया सुरु हुनुअघि नै विभिन्न बस्तुगत संघका समस्या र चुनौतीहरु छनोट गरि त्यसलाई लिपिवद्ध गर्ने प्रयास स्वरुप त्यसलाई दस्तावेजको रुपमा संकलन गर्न पुस्तक नै तयार गरेर अघि बढेका छौं’ श्रेष्ठले भने ।

उक्त पुस्तकमा समेटिएका विषय सबै बस्तुगत संघका समस्या, अवसर र आगामी दिनमा पुरा गर्नु पर्ने विषय छनोट गरिएका छन् । हामीले कोभिड १९ को कारण सृजित स्वास्थ्य संक्रमण समस्यालाई मध्यनजर गर्दै विभिन्न बस्तुगत संघहरुलाई ४ भागमा विभाजन गरि समस्या पहिचान गर्ने प्रयास गरेको छ ।

सबै बस्तुगत संघहरुलाई कृषि, उत्पादन, सेवा र व्यापार वर्गमा राखेर त्यहाँ देखिएका समस्या समाधान गर्न कसरी काम गर्ने भन्ने विषय रहेको छ । आफ्नो समूह निर्माण गर्दापनि ती सबै क्षेत्रलाई प्रतिनिधित्व हुनेगरि समावेशी निर्माण गरेका छौं । हाम्रो समूहमा अनुभवी र नयाँ जोससहितका उम्मेदवारहरुलाई समेट्ने सो टीमले प्रयास गरेको छ ।

‘सबल, सक्षम र सफल निजी क्षेत्र भन्ने मूलमन्त्र अंगिकार गर्दै भोलिका दिनमा नेपालमा व्यवसायीक वातावरण निर्माणमा सबैको हातेमालो आवश्यक रहेकाले निर्वाचनका बेला गरिएको प्रतिवद्धतालाई पुरा गर्न घच्घच्याउने दस्तावेजको रुपमा हामीले यो पुस्तक प्रकाशन गरेका हौं । हामी हाम्रो प्रतिवद्धता पुरा गर्न सधै लागि पर्ने छौं । त्यहि क्रममा तपाई सबै सरोकारवाला निकायहरुको सहयोगको अपेक्षा गर्दछौं,’ श्रेष्ठले भने ।

प्रतिक्रिया