बैतडीमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

काठमाडाैं । बैतडीमा आज (मंगलबार) जिप दुर्घटना हुँदा ५ जनाकाे मृत्यु भएकाे छ । झुलाघाटबाट सदरमुकाम गोठलापानीतर्फ आउँदै गरेको ना १ ज २१९६ नम्बरको जिप बुढ्ढा नजिकै दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएकाे हाे ।

यस्तै दुर्घटनामा ४ जना घाइते भएकाे सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएकाे छ । घाइतेहरूकाे जिल्ला अस्पतालमा उपचार चलिरहेकाे छ । भारतमा पेन्सन बुझेर घर फर्किँदै गरेकाहरू दुर्घटनामा परेकाे बताइएकाे छ ।

प्रतिक्रिया