कस्ता छन्, किशोर प्रधान प्यानलका उम्मेद्वार ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको यहि मंसिर ११–१३ गते हुन गइरहेको निर्वाचनको मिति नजिकिए सँगै राजधानीमा देशभरका उद्योगी व्यवसायीहरुको जमघट बढेको छ । निर्धारित समयभन्दा ८ महिना पछि हुन लागेको महासंघको निर्वाचनमा यसपटक बरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधान र चन्द्रप्रसाद ढकाल विच प्रतिष्पर्धा भइरहेको छ ।

निर्वाचित बरिष्ठ उपाध्यक्ष कार्यकारी हैसियतमा रहने तथा अर्को कार्यकाल स्वतः अध्यक्ष समेत हुने महासंघको विधान छ । सोहि विधान अनुरुप बरिष्ठ उपाध्यक्षका लागि प्रधान र ढकाल चुनावी मैदानमा छन् । बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष भइसकेका छन् । उनी समेत प्रधानको पक्षमा छन् ।

किशोर प्रधान २८ वर्षदेखि महासंघमा रहेर काम गरेका व्यक्ति हुन् । महासंघलाई सुदृढिकरण र सुद्धिकरण गर्नकै लागि भएपनि उनको नेतृत्व आवश्यक ठानिएको छ । उनीसँग महासंघको संस्थापक पक्ष नै रहेकोले जित निश्चित रहेको बताइन्छ ।

किशोर प्रधानको टीममा कस्ता छन् उम्मेद्वार ?

शेखर गोल्छा, अध्यक्ष
महासंघको बर्तमान कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष रहेकाले उनी स्वतः अध्यक्ष भइसकेका छन् । उनकै नेतृत्वमा आगामी १० वर्षभित्र मुलुकको आर्थिक बृद्दिदर दोहोरो अंकमा पुर्याउने लक्ष्य लिइएको छ ।

मुलुककै ठूलो औद्योगिक घराना गोल्छा अर्गनाइजेशनका कमाण्डर शेखर गोल्छाले महासंघमा सुद्धिकरण र सुदृढिकरण आवश्यक रहेको बताएका छन् । उनले वार्षिक ४ लाख युवाहरुलाई स्वदेशमै रोजगारी सृजना गर्ने वातावरण बनाउन प्रधान टीमको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।

दिनेश श्रेष्ठ, उपाध्यक्ष, जिल्ला नगर संघ, उम्मेद्वार
उद्योग वाणिज्य संघको बागमती प्रदेशको अध्यक्षसमेत रहेका दिनेश श्रेष्ठ सफल व्यवसायी हुन् । श्रेष्ठको भूमिका लामो समयदेखि महासंघमा छ । अघिल्लो निर्वाचनमा वस्तुगत संघको तर्फबाट उपाध्यक्षको भूमिका निभाएका छन् ।

उद्योग वाणिज्य संघ काठमाडौंको अध्यक्ष समेत रहेका उनले महासंघलाई सबै उद्योगी व्यवसायीको छाता संगठनका रुपमा विकास गरेर लैजाने बताएका छन् ।

अञ्जन श्रेष्ठ, उपाध्यक्ष, एशोसिएट, उम्मेद्वार

लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठ एक सफल व्यवसायी हुन् । पोखराबाट व्यवसायमा उदाएका अञ्जनले महासंघलाई विधि र पद्दतिमा बसाउने लक्ष्य लिएका छन् ।
निजी क्षेत्रको लगानीलाई सुरक्षित बनाउन राज्यसँग रणनीतिक रुपमा सहकार्य गरेर अगाडी बढ्ने श्रेष्ठको योजना छ ।

नेपाल अटोमोवाइल्स एशोसिएशन (नाडा) मासमेत रहेका श्रेष्ठले अहिलेको अर्थतन्त्रमा देखिएको नीतिगत समस्या हल गर्नुपर्ने बताएका छन् । सरकारले लगानीको सुरक्षा गर्दै लगानीको मैत्री नीति नियम ल्याइदिए मुलुकको अर्थतन्त्र मजवुत बनाउन समय नलाग्ने उनको भनाई छ ।

शौरभ ज्योति, उपाध्यक्ष, एशोसिएट उम्मेद्वार
महासंघको निर्वाचनमा किशोर प्रधानको प्यानलबाट एशोसिएट तर्फ उपाध्यक्षका उम्मेद्वार शौरभ ज्योति प्रतिष्ठित ज्योति ग्रुपबाट ५ दशक देखि उद्योग, व्यापार व्यवसायमा संलग्न छन् ।

उनीसँग महासंघमा ९ वर्षदेखि संलग्न रहेर विभिन्न विधामा काम गरेको अनुभव छ । उनले महासंघको विभिन्न समितिमा रहेर सफलतापूर्वक काम गरेका छन् । उनले महासंघलाई पूर्ण रुपमा राजनीति मुक्त बनाउने, १० वर्षे आर्थिक कार्ययोजना बनाएर काम गर्ने बताएका छन् ।

शौरभ ज्योति नेपाल अटोमोवाइल्स डिलर्स एशोसिएशनको अध्यक्ष, नेपाली युवा उद्यमशिल फोरमको अध्यक्ष तथा सार्क युवा समुहको समेत अध्यक्ष हुन् ।

शाहिल अग्रवाल, एसोसिएट सदस्य, उम्मेद्वार
युवा व्यवसायी शाहिल अग्रवाल शंकर ग्रुपमा आबद्ध छन् । शाहिल जगदम्बा सिमेन्ट, जगदम्बा स्टिल, जगदम्बा फुड, ऋद्धिसिद्धी सिमेन्टका निर्देशक हुन् । युवा व्यवसायीका रुपमा उदाएका उनीसँग ३ कार्यकाल महासंघको सदस्यका रुपमा कार्य गरेको अनुभव छ ।
नेपाल स्टिल रोलिङ मिल्स एशोसिएशनको अध्यक्ष तथा सार्क चेम्बर नेपालका सदस्य समेत रहेका अग्रवालले शेखर गोल्छाको टीमले तयार पारेको १० वर्षे कार्यक्रममा सक्रिय रहेर काम गर्ने बताएका छन् ।

विजय सिंह बैद्य, एशोसिएट सदस्य, उम्मेद्वार
शालिमार ग्रुपका निर्देशक विजय सिंह बैद्यसँग ३ कार्यकाल महासंघमा रहेर काम गरेको अनुभव छ । यसका साथै बैकिङ कमिटि, राजस्व समितिमा समेत रहेर काम गरेको अनुभव छ । उनी किशोर प्रधानको टीममा रहेर पुनः उद्योगी व्यवसायीका बैकिङ र राजस्व सम्बन्धी समस्या हल गर्दै महासंघलाई गरिमामय संगठनका रुपमा स्थापित गर्ने योजनामा छन् ।

सालिमार सिमेन्ट, सालिमार फुड एण्ड हस्पिटालिटी, सालिमार होम्सको निर्देशक समेत रहेर नेपालको आर्थिक क्षेत्रमा रोजगारी प्रदान गर्न गराउन उनी सक्रिय छन् ।

रन्जीत राज आचार्य, एसोसिएट सदस्य, उम्मेद्वार

विज्ञापन क्षेत्रमा स्थापित कम्पनी प्रिज्मा एड्भरटाइजिङका प्रमुख कार्यकारी अधिकृत रन्जीत राज आचार्यसँग उद्योग वाणिज्य महासंघमा २ कार्यकाल रहेर काम गरेको अनुभव छ । आचार्य महासंघको अवार्ड र इभेन्ट फोरमका संयोजक पनि हुन् । २०७२ सालको महाभूकम्पमा महासंघ मार्फत गरिएको बृहत राहत कार्यक्रममा उनले सह–संयोजक रहेर काम गरेका थिए ।

आचार्य निलबाराही फिल्मसका प्रबन्ध निर्देशक, स्पार्क टेक्नोलोजी प्रा.लि.का अध्यक्ष, संस्कृति इन्टरनेशनल स्कुलका अध्यक्ष समेत हुन् ।

ज्योत्सना श्रेष्ठ, एशोसिएट सदस्य उम्मेद्वार

सुनचाँदी व्यवसायमा बढि संलग्न ज्योत्सना श्रेष्ठ मेरीगोल्ड ज्वेलर्स प्रा.लि.की निर्देशक हुन् । एसजेएस इन्टरनेशनल प्रा.लि. अन्र्तगत इम्पोर्ट एक्सपोर्ट व्यवसायमा समेत संलग्न ज्योत्सना हाटल मेची क्राउनकी निर्देशक, सयपत्री ज्वेलर्सकी प्रमुख कार्यकारी र गजुर ट्रेड इन्टरनेशनलकी निर्देशक पनि हुन् ।

उनीपनि २ कार्यकाल देखि महासंघमा आबद्ध छिन् । ज्योत्सनाले जेम्स एण्ड ज्वेलरी, टुरिजम एण्ड ट्रान्सपोर्ट कमिटिमा रहेर काम गरिसकेकी छन् । नेपाल जेम्स एण्ड ज्वेलरी एशोसिएशनकी अध्यक्ष, सार्क चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रिज तथा विआइ नेशनल चेम्बर अफ इजिप्टकी सचिब समेत हुन् ।

अशोक कुमार टेमानी, एशोसिएट सदस्य, उम्मेद्वार

यश ग्रुप अफ कम्पनीजका निर्देशक अशोक कुमार महासंघको कार्य समितिमा २ कार्यकाल रहिसकेका छन् ।
महासंघको रोड ट्रान्सपोर्ट एण्ड ट्रान्जिट कमिटिमा रहेर काम गरेका अशोक कुमार यश केमिकल इन्डष्ट्रिजका निर्देशक तथा ए एड ए रियल स्टेट डेभलपर प्रा.लि.का समेत निर्देशक हुन् ।

सुनिल नारायण श्रेष्ठ, एशोसिएट सदस्य, उम्मेद्वार

बर्तमान कार्य समिति सदस्य सुनिल नारायण श्रेष्ठ नारायण इन्डष्ट्रियल एण्ड ट्रेडिङ हाउसका प्रबन्धनिर्देशक हुन् । प्रेटोलियम उत्पादन, होटल, बैकिङ तथा इन्स्युरेन्स सेक्टरमा सक्रिय श्रेष्ठ सिक्लेस हाइड्रोपावर र आरबी हाइड्रोपावरका कार्यकारी निर्देशक समेत हुन् ।

उनीसँग महासंघको बैंक, वित्तीय संस्था तथा इन्स्योरेन्स समितिमा रहेर कार्य गरेको अनुभव छ । सुनिल कैलाश विकास बैंकका पूर्वनिर्देशक समेत हुन् ।

कृष्णप्रसाद दुलाल, एशोसिएट सदस्य, उम्मेद्वार

पूर्वको प्रतिष्ठित उद्योग पूर्वाञ्चल ल्यूव आयल प्रा.लि.का संस्थापक अध्यक्ष कृष्णप्रसाद दुलाल २ कार्यकालदेखि महासंघमा आबद्ध छन् । सुन्दर हरैचा उद्योग वाणिज्य संघको संस्थापक अध्यक्ष समेत रहेका दुलाल महासंघको २ कार्यकालमा राजस्व समितिको उपसभापति भएर काम गरेका छन् ।

नेपाल अटो मोवाइल्स डिलर्स एशोसिएसनका अध्यक्ष समेत रहेका दुलाल नेपाल जेसीज २०११ का कोषाध्यक्ष समेत थिए । उनी मेघा लुब्रिकेन्ट, दुलाल ब्रदर्श, सत्कार मेसिनरी, कलश अटो प्रा.लि. तथा नेपालिरिका होटलमा समेत संलग्न छन् ।

मंगेश लाल श्रेष्ठ, एशोसिएट सदस्य, उम्मेद्वार

महासंघको बर्तमान कार्य समिति सदस्यमा रहेर सक्रिय मंगेश लाल श्रेष्ठ सिएएस ग्रुप अफ कम्पनीजका निर्देशक हुन् । बैंकिङ, फाइनान्सियल इन्ष्टिट्युसन, आइसिटी, आएल्स डाटा सेन्टर, क्लाउड टेक्नोलोजी, अन्तराष्ट्रिय विजनेश तथा हेल्थ केयरसँग सम्बन्धीत क्षेत्रमा श्रेष्ठको संलग्नता छ ।

नेपाली युवा उद्यमी समुह, सार्क चेम्बरमा समेत संलग्न पुनः एक कार्यकाल महासंघको प्रधान टीममा रहेर काम गर्न पाए महासंघलाई प्रविधियुक्त बनाउने सोच रहेको बताउँछन् ।

राजेश कुमार अग्रवाल, एशोसिएट सदस्य, उम्मेद्वार

सिद्धार्थ ग्रुपका प्रबन्ध निर्देशक राजेश कुमार अग्रवाल पनि बर्तमान कार्य समितिमै रहेर काम गरेका अनुभवी युवा हुन् । अर्घाखाँची सिमेन्ट, सिद्धार्थ सिमेन्ट तथा सिद्धार्थ आयल इन्डष्ट्रिजका निर्देशक समेत रहेका अग्रवाल महासंघकोे उद्योग समितिको उपसभापति समेत रहेर काम गर्नेको अनुभव छ । राजेश महासंघको ट्रेड एण्ड ट्रान्जिट कमिटिमा पनि छन् ।

आनन्द बगरिया, एशोसिएट सदस्य, उम्मेद्वार

निम्बस ग्रुपका प्रबन्ध निर्देशक आनन्द बगरिया पनि बर्तमान कार्य समितिका सदस्य हुन् । कृषी, पशु, खाद्य, रियल स्टेट तथा बैकिङ क्षेत्रमा सक्रिय रहेका बगरिया सिएनआइका पूर्वअध्यक्ष, नेपाल–भारत चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रिका कार्य समिति सदस्य समेत हुन् ।

उदीप श्रेष्ठ, एशोसिएट सदस्य, उम्मेद्वार

पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशक उदीप श्रेष्ठ किशोर प्रधानको प्यानलमा नयाँ अनुहार हुन ।

युवा व्यवसायीका रुपमा उदाएका उदीप स्टिल, इनर्जी, कृषि, अटोमोवाइल्स, रियल स्टेट, कर्जा तथा बैंकिङ क्षेत्रमा सफल व्यवसायीका रुपमा परिचित छन् । उनी नेपाली युवा उद्यमी समुहका उपाध्यक्ष पनि हुन् ।

प्रवलजंग पाण्डे, एशोसिएट सदस्य, उम्मेद्वार

लोमस ग्रुपका निर्देशक प्रवलजंग पाण्डे बर्तमान कार्य समिति सदस्य पनि ह्न् । बैंकिङ, लाइफ इन्स्योरेन्ट, नन लाइफ इन्स्योरेन्स, फर्मास्युटिकल्स, हर्वल मेडिसिन, सुचना र प्रविधि, हाइड्रोपावर, अटोमोवायल्स लगायतका क्षेत्रमा सक्रिय पाण्डे कसमस सिमेन्ट प्रा.लि.का निर्देशक समेत हुन् ।

डाटा हव प्रा.लि., फर्मा प्याक प्रा.लि., फर्चुना हेल्थकेयर, फर्चुना अटोमोवाइल्स तथा सिटिजन्स बैंकमा समेत आबद्ध छन् ।

हेमन्त गोल्छा, एशोसिएट सदस्य, उम्मेद्वार

गोल्छा अर्गनाइजेशनका निर्देशक हेमन्त गोल्छा रेमिट्यान्स, रियल स्टेट, अटोमोवाइल्स तथा कन्ट्रक्सन इक्युमेन्ट व्यवसायमा संलग्न छन् । हेमन्त इन्टरप्रेनर अर्गनाइजेशनका अध्यक्ष पनि हुन् ।

शैलेन्द्र गुरागाई, एशोसिएट सदस्य, उम्मेद्वार

उर्जा क्षेत्रसँग संगल्न शैलेन्द्र गुरागाई १० वर्षदेखि महासंघमा आबद्ध छन् । उनी उर्जा समितिका सदस्य पनि हुन् । नाग्दी ग्रुपका अध्यक्ष सुपर नाग्दी हाइड्रोपावर तथा सेती हाइड्रोपावरका समेत अध्यक्ष हुन् ।
गुरागाई सनराइज बैंकका बोर्ड सदस्य समेत हुन् ।

शक्ति कुमार बेगानी, एशोसिएट सदस्य, उम्मेद्वार

बेगानी ग्रुप अन्तरगत विभिन्न व्यवसायमा संलग्न शक्ति कुमार गणपती ज्वेलर्सका प्रमुख कार्यकारी समेत हुन् ।
खाद्य, स्टिल, प्लाष्टिक्स, रियल स्टेट, फाइनान्स सेक्टर तथा सुनचाँदी व्यवसायमा उनको संलग्नता छ । बेगानी नेपाल जेम्स एण्ड ज्वेलरी एशोसिएशनका महासचिब पनि हुन् ।

मदनलाल जोशी एशोसिएट सदस्य, उम्मेद्वार

फर्निचर व्यवसायमा संलग्न मदनलाल जोशी १० वर्षदेखि महासंघमा सक्रिय छन् । दुई कार्यकाल महासंघ सदस्य भइसकेका जोशी फर्निचर ल्याण्ड प्रा.लि.का अध्यक्ष हुन् ।

चितवन उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष समेत रहेका जोशी गोदावरी फोरेष्ट होटल प्रा.लि.का उपाध्यक्ष, बैंक अफ काठमाडौंका बोर्ड सदस्य तथा रोटरी क्लब अफ चितवनका पूर्वअध्यक्ष समेत हुन् ।

प्रतिक्रिया