अरुलाई भन्दा बढी जाडो हुन्छ भने छुट्कारा पाउन अपनाउनुस् यी चार तरिका

एजेन्सी । अहिले जाडाेयाम सुरू भइसकेकाे छ । कसैलाई अत्यधिक जाडो हुन्छ भने कसैलाई कम जाडो हुने गर्छ ।

झनै अहिले त काेराेनाका कारण विश्व नै थला परिरहेकाे छ । यसकाे संक्रमणले राेग प्रतिराेधी क्षमतामा समेत क्षति पुर्याएकाे छ । राेग प्रतिराेधी क्षमताकाे विकास गर्न शरीरमा क्याल्सियम र भिटामिनजस्ता आइरन पनि आवश्यक छन् । जाडोयाममा आइरनको पनि कमी हुने विज्ञहरू बताउँछन् ।

भारतकी डायटिशियन निधि पाण्डेले आइरनको प्रत्यक्ष सम्बन्ध हाम्रो स्वास्थ्यसँग हुने बताएकी छिन् । सही डाइट नलिँदा शरीरमा आइरनको कमी हुन सक्ने उनकाे भनाइ छ । आइरनको कमी हुँदा रक्तअल्पता हुन सक्छ ! जसरकारण कहिलेकाँही हामीलाई अरुको भन्दा बढी जोडो हुन्छ । शरीरमा आइरनको कमी यसको सबैभन्दा ठूलो कारण मानिन्छ ।

यदी शरीरमा आइरनको मात्रा काम हुँदा असाध्यै चिसो लाग्ने उनकाे भनाइ छ । यसो हुँदा रोग लाग्ने खतरा बढी हुन्छ । उनका अनुसार हेमोग्लोबिनको स्तर कम हुँदा नै रक्तअल्पत्ता हुन्छ जसका कारण हामीलाई अल्छी लाग्ने, रिँगटा लाग्ने र टाउको दुख्नेलगायतका समस्याको सामना गर्नुपर्ने हुन्छ ।

यसरी पूर्ति गर्न सकिन्छ आइरनको कमी

भारतकी डायटिशियन पाण्डेका अनुसार आइरनको कमीलाई पूरा गर्नका लागि आफ्नो खानामा हरियो तरकारी समावेश गर्नुपर्छ । तरकारीमा भरपुर मात्रामा आइरन पाइन्छ । मौसमी तरकारीमा हाम्रो ध्यान बढी केन्द्रीत हुनुपर्छ । यसबाहेक जति सकिन्छ, अर्गानिक खानालाई समावेश गर्नुपर्छ । तरकारीमा तेल मसला बढी प्रयोग गर्नु हुँदैन ।

ब्रोकली, पालुङ्गो, मेथीको साग, बन्दा, च्याउ, आलू, चुकन्दर, मूल, सलगम, पिँडालु लगायतका तरकारीहरू सेवन गर्नुपर्छ । यस्तै आइरनको कमी पूरा गर्नका लागि फल र ड्राइ फ्रुट खान सुरु गर्नुहोस् । केही फलमा आइरनको भरपुर मात्रा पाइन्छ ।
खरबुजा, अमला, अम्बा, स्याउ, अनारइत्यादि फलफूल र ड्राइ फ्रुटमा खजुर, किसमिस, छोगडा, बदाम, खुर्पानी इत्यादि खान सकिन्छ । गेडागुडी दालमा पनि आइरन पाइन्छ ।

आइरनको कमी पूरा गर्नका लागि आफ्नो खानामा फाइबरको मात्रा बढाउनुहोस् । गेडागुडीमा आइरनको मात्रा अत्यधिक हुन्छ, त्यसैले आफ्नो शरीरमा गेडागुडीको प्रयोग गर्नुहोस् । दाल, चना, राजमा, भटमास इत्यादी खान सकिन्छ ।

प्रतिक्रिया