प्रवक्ता शर्माले भने–प्रधानमन्त्रीले सत्ताको अफर गरेका होइनन्

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटलाई सत्ता साझेदारीसँग नजोड्न आग्रह गरेको छ । कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताबीच भेटघाट र संवाद हुनु सकारात्मक भएकाले सत्ता साझेदारीसँग नजोड्न आग्रह गरेका हुन् ।

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा शनिबार भेटवार्ता भएको थियो। प्रवक्ता शर्माले सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताबीचको भेटघाट निश्चित विषयवस्तु र कार्यसूचीमा आधारित मात्रै हुनुपर्छ भन्ने नभएको बताए।

उनले प्रधानमन्त्रीले सत्तामा सहभागी गराउने ‘अफर’ कांग्रेसलाई गरेको हो कि भन्ने आशंका नगर्न आग्रह गरे ।

प्रतिक्रिया