पोखरामा प्याराग्लाइडिङ दुर्घटना, एकजनाको मृत्यु, एक घाइते

पोखरा । पोखरामा प्याराग्लाईडिङ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ल्यान्ड गर्ने क्रममा दुर्घटना हुँदा पोखरा–२८, कालिका घरभई लेकसाइड बस्दै आएका ३८ वर्षीय पाइलट राजु नेपालीको मृत्यु भएको हो ।

उनीसँगै प्याराग्लाईडिङ गरिरहेकी एक महिला घाइते भएकी छन् । घाइते महिला काठमाडौँ बूढानीलकण्ठ–२, वासिकुकी २८ वर्षीया शिला श्रेष्ठ हुन्।

कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार फेवातालको सिरान खपौदी क्षेत्रमा ल्यान्ड गर्ने क्रममा सोमबार दिउँसो ल्यान्डिङ एरिया भन्दा झन्डै डेढ किलोमिटर माथि जमिनमा प्याराग्लाइडिङ दुर्घटनामा परेको थियो ।

दुवैजनालाई उपचारका लागि सिर्जना चोकस्थित मेट्रोसिटी अस्पताल पुर्‍याइएकोमा नेपालीलाई चिकित्सकले मृत घोषण गरेका थिए । घाइते श्रेष्ठको मेट्रोसिटी हस्पिटलमा उपचार भइरहेको छ । उनको दाहिने हात र टाउकोमा चोट लागेको छ ।

प्रतिक्रिया