सप्तरीमा करेन्ट लागेर जंगली हात्तिको मृत्यु

सप्तरी । आज विहान करेन्ट लागेर एक जंगली हात्तिको मृत्यु भएको छ ।

सप्तरीको कञ्चनपुर नगरपालिकाबाट ३–४ किलोमिटर मध्यवर्ती क्षेत्रमा बिहान ३ बजे विद्युतको पोलमा ठोक्किएर करेन्ट लागि जंगली हात्तिको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राम सागरले विहान ३ बजेतिर जंगली हात्तिले विद्युतिय पोल ढालेको र सोहि क्रममा करेन्ट प्रवाह हुँदा मृत्यु भएको हो ।

हात्ति कहाँ बाट आएको जानकारी छैन । स्थानीयले कोशी टप्पु वन्यजन्तु आरक्षण केन्द्र वा भारतीय सिमावर्ती क्षेत्रबाट हात्ति आएको अनुमान गरेका छन् ।

प्रतिक्रिया