जङ्गली हात्तीले लियो ५५ वर्षीय सानुकाजीको ज्यान
२०७७ मंसिर ८ गते

फाइल फोटो
चितवन । चितवनको राप्तिमा जंगली हात्तीको आक्रमणबाट आइतबार एक पुरुषको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट राप्ती नगरपालिका १ का ५५ वर्षीय सानुकाजी श्रेष्ठको मृत्यु भएको हो ।
चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर अन्र्तगत निकुञ्जको हर्दा दोभान नजिक श्रेष्ठलाई हात्तीले आक्रमण गरेको थियो । ती पुरुष निकुञ्जको कुनै पनि किसिमको अनुमति तथा जानकारी विनानै अनाधिकृतरुपमा निकुञ्ज प्रवेश गरेको निकुञ्जले जनाएको छ ।
चितवनमा चालू आर्थिक बर्षमा यो घटनासंगै जंगली जनावरको आक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । जसमध्ये ३ जना बाघको आक्रमणबाट, १ जना गैँडाको आक्रमणबाट र १ जनाको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
यसअघि निकुञ्जको कोर ईलाकामा घरपालुवा हात्तीको कारण राष्ट्रिय प्रकृति संरक्षण कोषका माहुतेको समेत मृत्यु भएको थियो ।
२०७७ मंसिर ८ गते
प्रतिक्रिया
सम्बन्धित









