भारती सिंहका पति हर्ष प्रहरी नियन्त्रणमा

काठमाडाैं । हाँस्य कलाकार भारती सिंह पक्राउ परेको एक दिनपछि नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले आइतबार उनका पति हर्ष लिम्बाचियालाई पनि पक्राउ गरेकाे छ ।

उनीहरूकाे घरबाट ड्रग्स बरामद भएपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएकाे हाे । एनसीबीले शनिबार भारती सिंहलाई अन्धेरी, मुम्बईबाट पक्राउ गरेको थियो । भारतीय सञ्चार माध्यमका अनुसार आज उनका पतिलाई पक्राउ गरिएकाे एनसीबी अञ्चल निर्देशक समीर वानखेडेले पुष्टि गरेका छन् ।

एनसीबीका अधिकारीहरूका अनुसार भारती सिंह र उनका पतिमाथि गाँजा सेवनकाे आराेप छ । उनीहरूलाई मेडिकल परीक्षणपछि पछि अदालतमा पेश गरिने छ । उनीहरूविरुद्ध मादक पदार्थ र साइकोट्रोपिक पदार्थ अन्तर्गत मुद्दा दर्ता गरिएको बताइएकाे छ । यसबारे थप अनुसन्धान जारी रहेकाे बताइएकाे छ ।

प्रतिक्रिया