कोरोना संक्रमणबाट वीपीमा झापाका एक पुरुषको मृत्यु
२०७७ मंसिर ७ गते

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा झापाका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
बाहुनडगी ४, मेचीनगरका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । उनलाई मंसिर १ गते कोरोना देखिएको थियो । काेराेना पुष्टि भएपछि उनी वीपीकाे काेभिड अस्पतालमा भर्ना भएका थिए ।
उपचारका क्रममा उनकाे आज (आइतबार) बिहान १ बजे मृत्यु भएको हो ।
२०७७ मंसिर ७ गते
प्रतिक्रिया
सम्बन्धित









