वाणिज्य महासंघको चुनाव : ६३ सिटमा १ सय २७ जनाको उम्मेद्वारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनका लागि प्रकाशन भएको छ । निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन एफएनसीसीआईको निर्वाचन समितिले शुक्रबार अन्तिम नामावली सार्वजनिक गरेको हो ।

सार्वजनिक गरेको सूचीअनुसार ६३ सिटका लागि १ सय २७ जनाको उम्मेदवारी परेको छ । आगामी ११ देखि १३ सम्म वरिष्ठ उपाध्यक्षसहित अन्य पदहरुमा काठमाडौं उपत्यकामा निर्वाचन हुँदैछ ।

अध्यक्ष बाहेक बाँकी पदहरुमा निर्वाचन हुनेछ । महासंघको केन्द्रीय सदस्यमा दुई उम्मेदवारहरु भने निर्विरोध निर्वाचित भएका छन् । महासंघको ५४औं वाषिर्क साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ ।

अब हुने वरिष्ठ उपाध्यक्षका लागि महासंघका वर्तमान उपाध्यक्षद्वय चन्द्र ढकाल प्यानल  र किशोर प्रधानकाे प्यानल चुनावी मैदानमा उत्रिँदैछन् ।

यी हुन् उम्मेद्वाहरु

[wp-embedder-pack width=”100%” height=”600px” download=”all” download-text=”” url=”http://file:///C:/Users/Acer/Downloads/54agm_candidate_list.pdf” /]

 

प्रतिक्रिया