नेकपा किचलो– पौडेल र पोखरेलसँग छलफल गर्दै प्रचण्ड

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री ईश्वर पोखरेल र पार्टी महासचिव बिष्णु पौडेलसँग छलफल गरिरहेका छन् ।

पार्टी कार्यालयमा धुम्बाराहीमा अहिले तीन नेताबीच छलफल तथा परामर्श भइरहेको हो । नेकपा शीर्ष नेतृत्वमा देखिएको विवाद उत्कर्षमा पुगिरहेको बेला भएको यो छलफललाई मुख्य रुपमा हेरिएको छ ।

गत २८ कार्तिकको सचिवालय बैठकमा अध्यक्ष दाहालले पेश गरेको १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदनबाट चिढिएका ओली आउँदो १३ मंसिरमा बस्ने सचिवालयमा आफ्नो तर्फबाट पनि प्रतिवेदन बुझाउने योजनामा छन् ।

स्रोतले बताएअनुसार नेताहरुले अध्यक्ष दाहालसँग भेट्न आग्रह गरेपछि आज दिउँसो छलफल राखिएको हो । ९ सदस्यीय सचिवालयमा अन्य सदस्यहरु नेताहरु अध्यक्ष दाहालसँग हुँदा पोखरेल र पौडेलले प्रधानमन्त्रीलाई साथ दिँदै आएका छन् ।

प्रतिक्रिया