‘सशस्त्र प्रहरीलाई फोहोर फाल्ने ठाउँमा मान्छे पिट्न होइन, सीमा सुरक्षामा खटाऔं’

काठमाडौं । काठमाडौंमा निस्केको फोहोर नुवाकोटको सिसडोमा लगेर फलिन्छ भन्ने त सबैले सुनेका नै छन् । काठमाडौं महानगरपालिकाले २ वर्षको लागि भनेर सम्झैता गरेको तर, १५ वर्षसम्म निरन्तर फोहोर फाल्दा सिसडोलबासी समस्यामा परेका छन् ।

हामीले सुनेको र कल्पना गरेकोभन्दा सिसडोल धेरै फरक छ । काठमाडौंबाट सिसडोल ल्यान्डफिल्डमा लगेर फालिएको फोहोरले त्यहाँ ठूलो समस्या निम्त्याएको छ । फोहोरमैला व्यवस्थापन तथा यसका समस्यासम्बन्धी अन्तरक्रिया कार्यक्रमका प्रमुख अथिती बागमती प्रदेशका प्रदेश संसद बद्री मैनालीले स्थानीय सरकार र केन्द्र सरकारसँग पुलको भूमिकामा काम गरेर स्थानीयको समस्या सामाधान गर्ने बताए । उनले भने ‘मैले स्थानीयको समस्या बुझेको छु । त्यहीँअनुसार मैले काम गर्नेछु ।’

केन्द्र सरकार र काठमाडौं महानगपालिकासँग छलफल गरेर नै समस्याको सामाधान गर्ने उनको भनाइ छ ।

ककनी गाउँपालिकाको ३ नं. वडाका वडाध्यक्ष घननाथ बजगाईँले अहिले समस्या भनेको बञ्चरे डाँडा नभएर सिसडोल नै भएको बताएका छन् ।

काडमाडौं महानगरपालिकाले २ वर्षका लागि भनेर १५ वर्ष अवैज्ञानिक तरिकाले सिसडोलमा फोहोर फालेर समस्या पारेको बताए । ‘मैले काठमाडौं उपत्यकामा ककनीका स्थानीयको समस्याका कुरा उठाएको भनेर मेरो वडामा बजेट नै घटाएको छ । खोलामा पनि बग्नुपर्ने ठाउँमा बीस बगिरहेको छ । स्थानीय जनतालाई पिटेर फोहोर फाल्न सरकारले सशस्त्र प्रहरी बल नै राखेको छ । सशस्त्र पहरी बललाई फोहो फाल्ने ठाउँमा हैन सीमा सुरक्षाका लागि सीमामा खटाउनुपर्छ ।’

यसैबीच उनले थपेका छन्, ‘अब स्थानीय जनतासँगै आफू पनि आन्दोलनका लागि सडमा आउने छु । पहिले पनि बन्दुक नै खेलाएर अन्दोल गरेको र अझै पनि बन्दुक र मूल्यदेखि डरमा छौं ।’

२ वर्षको लागि भनेर फोहोर फाल्न शुरु गरेको सिसडोलमा १५ वर्ष पूरा हुँदा पनि त्यहाँ कुनै वैज्ञानिक तरिकाले व्यवस्थापनामा काठमाडौं उपत्यकाले ध्यान दिएको छैन ।

वर्षाको समयमा त्यहाँका स्थानीयहरु बिरामी पर्दा त्यही फोहोरको कारणले स्थानीयहरुलाई डोकोमा बोकेर अस्पताल ल्याउनुपर्ने अवस्था आएको छ ।

स्थानीय सिताराम घिमिरेले काठमाडौं उपत्यकाले सिसडोल बासीका लागि अन्य गरेको भन्दै अब मर्न पनि तयार रहेको बताए । ‘१५ वर्ष पहिले नै एक पटक हामीले फोहर फाल्न दिएर गल्ती गरिसकेका छौं । अब पहिलेजस्तै अव्यवस्थित तरिकाले फोहोर बञ्चरे डाँडामा फाल्ने हो भने हामी त्यसविरुद्ध मर्न पनि तयार छौं । उनले भनेका छन् ।

ककनी गाउँपालिकाका २ नं. वडाका वडा सदस्य ठाकुर घिमिरेले पनि समस्या नआउनेगरी फोहोर व्यवस्थापन गर्नुपर्ने बताए । उनले भनेका छन्, ‘शुरुमा जापानिज एक कम्पनीले फोहोर व्यवस्थापन गर्दै गजब बनाउँछौं भनेको थियो । अब सिसडोल जस्तै बञ्चरे डाँडामा पनि समस्या आउन सक्छ । समस्या नआउने गरेर व्यवस्था गरे मात्रै फोहोर व्यवस्थापन गर्नुपर्छ । अब पनि स्थानीयको कुरा सुनेन भने हामी २० हजारलाई सडकमा ल्याएर आन्दोलन गर्छाैं ।’

फोहोरमैला व्यवस्थापन तथा यसका समस्यासम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम ककनी प्रगतिशील युवा क्लब, रोयल यूथ क्लब र अरुण युवा क्लबले कार्यक्रमको आयोजना गरेको थियो । क्लबका सदस्य कुसराजा घिमिरेले कि फाेहोर कि मान्छे बस्ने व्यवस्था गर्नुपर्ने बताए ।

फोहोरको कारणले अब कोरोनाभन्दा पनि खतरा रोग निस्किने भएकाले फोहोर र मान्छेलाई छुट्टै राख्नुपर्ने उनको भनाइ छ ।
धुनिवेशी नगरपालिका १ का अध्यक्ष चन्द्रबहादुर तामाङले कुराभन्दा पनि काममा लागिपरेको बताए ।

नागरिकतालगायतको गर्न स्थानीय चाहिँले तर फोहोर फाल्ने निर्णयमा स्थानीय सरकारको कुनै भूमिका नहुने यो कस्तो व्यवस्था हो भनेर प्रश्न गरेका थिए । फोहोरको विषयमा स्थानीय सरकारलाई पनि निर्णय गर्ने अधिकार हुने बताए ।

प्रतिक्रिया