जसले पोथीको प्रतीक्षामा ३,००० किलोमिटर यात्रा गर्‍यो !

काठमाडौं । भारतमा अभिलेख राखिएको मध्ये सबैभन्दा लामो यात्रा गरेको बाघ एउटा संरक्षित क्षेत्रमा अहिले एक्लै बसिरहेको छ । वन्यजन्तु अधिकारीहरूले ‘वाकर’ नाम दिएको साढे तीन वर्षको भाले बाघले भारतको महाराष्ट्रको आरक्ष अघिल्लो वर्षको जुनमा छाडेको थियो ।

उसले शिकार, बासस्थान वा पोथीको खोजीमा आरक्ष छोडेपछि उपकरणजडित उक्त बाघले करिब ३,००० किलोमिटर यात्रा गर्ने क्रममा महाराष्ट्र र तेलङ्गना राज्यका सातवटा जिल्ला प्रवेश गरेको थियो । मार्च महिनामा महाराष्ट्रकै अर्को संरक्षण क्षेत्रमा बसेको बाघबाट अधिकारीले निगरानी गर्न प्रयोग गरिने उपकरण गएको एप्रिलमा हटाएका थिए ।

पोथीको खोजी
ज्ञानगंगा संरक्षण क्षेत्रमा चितुवा, मृग र निलगाइजस्ता जनावरको बसोबास छ । त्यहाँ वाकर एकमात्रै बाघ रहेको वन्यजन्तु अधिकारीहरू बताउँछन् ।

‘उसलाई भूगोलको चिन्ता छैन । र उसँग पर्याप्त आहारा छ,’ महाराष्ट्रका वरिष्ठ वन अधिकारी नितिन काकोडकर भन्छन् । अहिले वन्यजन्तु अधिकारीले वाकरलाई साथी हुने गरी एउटा पोथी बाघ स्थानान्तरण गरेर ल्याउने विचार गरिरहेका छन् । त्यस्तो कदम अभूतपूर्व हुनसक्ने टिप्पणी गरिएको छ ।

बाघ एक्लै बस्ने जनावर हैन र उनीहरूले प्राकृतिक रूपमा नै साथी खोज्ने गरेको बताइन्छ । तर अर्को बाघलाई त्यहाँ ल्याउने निर्णय भने सहज छैन । काकोडकर भन्छन्, ‘यो ठूलो संरक्षण क्षेत्र होइन । खेत र नष्ट भइसकेको जङ्गल क्षेत्रबाट घेरिएको छ र यदि वाकरले यहाँ सन्तान जन्मायो भने आहाराका लागि दबाव बढ्छ र नयाँ जन्मिएका बाघहरू अरू ठाउँमा सर्ने प्रयास गर्छन् ।’

विश्वमा बाँकी रहेका लगभग ३,००० बाघमध्ये मध्ये ७० प्रतिशत घ भारतमा पाइन्छ । बाघको सङ्ख्या बढेपनि उनीहरूको प्राकृतिक वासस्थान र आहारा सिमित हुँदै गएको विज्ञहरूले बताउने गरेका छन् । विज्ञहरूले प्रत्येक बाघका लागि खानेकुरा आपूर्ति गरिरहन उसको बसोबास रहेको भूगोलमा सन्तान जन्माइरहने शिकार प्रजातिका ५०० जनावर रहनुपर्ने बताउँछन् । –बीबीसीबाट

प्रतिक्रिया