‘ओली सरकारको भ्रष्टाचारबारे उनकै पार्टीले आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनैपर्ने बताएका छन् ।
नेकपाको आन्तरिक किचलो उत्कर्षमा पुगेको बेला नेता भट्टराईले बुधबार (आज) सामाजिक सञ्जाल ट्वीटर ह्याण्डलमार्फत् यस्तो उल्लेख गरेका नेता भट्टराईले आफ्नै पार्टीले भ्रष्टाचारलगायतको विषयमा लिखित नै आरोप लगाइसकेपछि ओली हट्नैपर्ने बताएका हुन् ।
अन्य विवाद नेकपाको आन्तरिक कुरा भएको भए पनि राष्ट्रपति र विदेशी कूटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न नमिल्ने बताएका नेता भट्टराईले ओली सरकारको असफलता र भ्रष्टाचारबारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्ने उल्लेख गरेका हुन् । उनले थप लेखेका छन्– ‘नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा होला । तर, यी राज्य र जनताका मुद्दा प्रतिपक्षी दल र जनताले उठाउनैपर्छ है । १.राष्ट्रपति र विदेशी कूटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन । २.ओली सरकारको असफलता र भ्रष्टाचारबारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ ।’
गत शुक्रबारको नेकपा सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका थिए । जहाँ, ओलीको कार्यशैली र बानी व्यवहारको कडा आलोचना गरिएको छ ।
त्यसपछि आज बसेको बैठकमा ओलीले पनि आफ्नो तर्फबाट राजनीतिक प्रतिवेदन पेश गर्ने जानकारी गराएका छन् ।
नेता भट्टराई लेख्छन्ः–








