पछिल्लो कोरोना अपडेट : थप १२ जनाको निधन, कति थपिए नयाँ संक्रमित ?
२०७७ मंसिर ३ गते

सांकेतिक तस्वीर। मकालु खबर।
काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप १२ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ५९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यस्तै गत २४ घण्टामा नेपालभर थप १ हजार ४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यस्तै थप ३ हजार ५ सय ३८ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार ४ सय ४२ जनासहित देशभर संक्रमितको संख्या २ लाख १२ हजार ९ सय १६ जना पुगेको छ । संक्रमितमध्ये १ लाख ८२ हजार ७ सय ८० जना कोरोना मुक्त भएका छन् ।
यस्तै आज काठमाडौं उपत्यकामा १ हजार ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
२०७७ मंसिर ३ गते
प्रतिक्रिया
सम्बन्धित








