उत्कर्षमा नेकपा विवादः गुटगत अडान यथावत, अनिश्चित सचिवालय

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पछिल्लो समय देखिएको विवाद केही परसम्म धकेलिन भएको छ । नेकपाले आजलागि बोलाएको सचिवालय बैठक पनि अब हुने-नहुने अनिश्चित भएको हो ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली यसअघि तय भएको बुधबारको सचिवालय बैठक सार्ने पक्षमा देखिएका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तोकिएको मितिमा नै सचिवालय बैठक हुनु पर्ने मागमा अडिग छन् । गत शुक्रबार भएको सचिवालय बैठकमा एकल रुपमा राजनीतिक प्रतिवेदन राखेको भन्दै ओलीपक्षले यसको विरोध गरेका छन् । प्रचण्डले पार्टी एकताको सम्झौता र पार्टी कार्यान्वयनको विधिलाई मिचेको उनीहरुको आरोप छ ।

तर, प्रचण्ड र उनीनिकट नेकपाका नेताहरु माधवकुमार नेपाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, झलनाथ खनाललगायतले प्रचण्डको राजनीतिक प्रतिवेदनमा आफ्नो पनि समर्थन रहेको बताएका छन् । यी पाँच नेता एक ठाउँमा उभिएपछि सचिवालयमा अल्पमतमा परेका प्रधानमन्त्री ओली यसअघि तय भएको बैठकमा उपस्थित हुन चाहँदैनन् । र यो बैठक सार्नु पर्ने सन्देश नै प्रचण्डलाई पठासकेका छन् ।

मंगलबार विहान ओलीको सन्देश बोकेर प्रचण्ड निवास खुमलटार पुगेका नेकपा महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले पनि प्रचण्डलाई केही दिनका लागि सचिवालय बैठक सार्न ओलीले अनुरोध गरेको सुनाएका थिए । ‘तर, यसअघि तय भइसकेकाले बैठक सार्न हुँदैन भन्ने प्रचण्डको तर्क थियो, जे हुन्छ र जे विषयमा छलफल गर्नु पर्ने हो, त्यही विषयमा छलफल गर्न पनि बैठक चाहिने उनले पौडेललाई जवाफ दिएका थिए ।

यी अडान र तर्कविकर्तकाबीच आज बस्ने भनिएको सचिवालय बैठक हुने-नहुने अनिश्चित भएको हो । पछिल्लो स्थायी समिति बैठकपछि भएका राजनीतिक नियुक्ति, कर्णाली प्रदेशको विवादलगायतले नेकपाभित्र शक्ति संघर्षको जारी छ ।

प्रतिक्रिया