हङकङ आगलागीमा थप दुई नेपालीको मृत्यु

एजेन्सी । आइतबार राति हङकङ जोर्डनको क्यान्टोन रोडस्थित एक नेपाली रेष्टुरेन्टमा भएको आगलागीमा थप दुई जना नेपालीको मृत्यु भएको छ।

यस अघि ७ जनाकाे मृत्यु भएकाेमा दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो।

यो सँगै सो आगलागी ज्यान गुमाउनेको संख्या ९ पुगेको छ। आइतबार ७ वर्षीय बालकसहित सात जनाको मृत्यु भएको थियो।

आगलागीमा परेर घाइते भएका १६ जनाको हाल उपचार भइरहेको छ। नेपालीहरूले नै सञ्चालन गरेको एक रेष्टुरेन्टमा आगलागी भएको थियो। जन्म दिनको पार्टी मनाइरहँदा त्यहाँ आगलागी भएको थियो।

प्रतिक्रिया