लागुऔषध चरेश सहित दुई जना प्रहरी विर्ता पर्साको नियन्त्रणमा

काठमाडौं । वडा प्रहरी कार्यालय विर्ता पर्साले ४ के.जी. ८९० ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।

विर्ताबाट खटि गएको प्रहरी टोलीले जिल्ला पर्सा बिरगंज महानगरपालिका वडा नं.१६ मितेरीपुल नजिकै पक्की सडक खण्डमा नेपालबाट भारत तर्फ जादै गरेको पैदल यात्रुहरुलाई चेकजाँच गर्ने क्रममा चरेस सहित दुई जनालाई पक्राउ हो ।

वडा प्रहरी कार्यालय विर्ता पर्साका प्रमुख प्रहरी निरीक्षक राजेश पुरीले पर्सा बीरगंज महानगरपालिका वडा नं. ३ छप्कैया बस्ने बर्ष २८ को अभिषेक श्रीवास्तवको साथबाट लागु औषध चरेश २ के.जी.४४५ ग्राम र पर्सा बीरगंज महानगरपालिका वडा नं.५ बस्ने बर्ष २३ को धिरज पटेलको साथबाट लागु औषध चरेश २ के.जी.४४५ ग्राम सहित नियन्त्रणमा लिएको बताए ।

उनिहरूलाई नियन्त्रणमा लिई लागुऔषध सम्वन्धी मुद्दामा अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालय विर्ता पर्साले जनाएको छ ।

प्रतिक्रिया