भाइटिकाको साँझ चन्द्रागिरीमा १४ वर्षीया बालिका बलात्कृत, एकजना पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ बसुण्डोलमा एक बालिका बलात्कृत भएकी छिन् । भाइटिकाको दिन अर्थात् सोमबार साँझ चन्द्रागिरी नगरपालिकास्थित बसुण्डोलमा १४ वर्षीया बालिका बलात्कृत भएकी हुन् ।

महानगरीय प्रहरी बृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठका अनुसार बालिकालाई जबरजस्तीकरणी गरेको आरोपमा थानकोट प्रहरीले एक युकवलाई नियन्त्रणमा लिएको छ । हुम्ला ताजाकोट गाँउपालिका-२ घर भई हाल काठमाडौँ चन्द्रागिरी नगरपालिका-२ बस्ने २३ वर्षीय सुरेश लोहारलाई नियन्त्रणमा लिइएको डिएसपी श्रेष्ठले जानकारी दिए ।

लोहारले बालिकालाई भेट्न बोलाएर बसुण्डोलस्थित अर्जुन सुवेदीको जग्गामा बनाएको टहरा घरको कोठामा जबरजस्तीकरणी गरेको पीडित बालिकाले प्रहरी समक्ष बयान दिएकी छन् । महानगरीय प्रहरी बृत्त थानकोटका अनुसन्धान अधिकारी प्रहरी निरीक्षक गायत्रीराज शर्माले घटना लगत्तै फरार रहेका लोहारलाई पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १८ करणी सम्बन्धि कसुरमा थप अनुसन्धान भइरहेको छ । 

प्रतिक्रिया