बरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुनिल झाको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का प्राध्यापक एवं बरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुनिल झाको निधन भएको छ । डा. झाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

कोरोना संक्रमण भएर महाराजगन्ज टिचिङ अस्पतालमा भर्ना भएका उनको आज सोमबार मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

मनमोहन कार्डियोथोरासिस एण्ड ट्रन्सप्लान्ट सेन्टरमा कार्यरत डा. झालाई सबै खालका उपचार गर्दा पनि सुधार हुन सकेन । डा. झालाई तीन सातादेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

मधुमेह र पार्किन्सन्स रोगका बिरामी डा. झालाई सुरुमा नर्भिक अस्पताल लगिएकोमा त्यहाँ उनको स्वास्थ्यमा कुनै सुधार आएन । त्यसपछि असोज अन्तिम साता त्रिवि शिक्षण अस्पताल लगिएको थियो ।

उनलाई रेमडिसिभिर, प्लाज्माथेरापी समेत गरिएको भएपनि स्वास्थ्यमा कुनै सुधार नआएको त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुको भनाई छ । डा. झालाई गत कार्तिकमै कोरोना संक्रमण देखिएको थियो ।

अस्पताल स्रोतका अनुसार उनको फोक्सोमा निमोनियाका दाग देखिइएको थियो । मधुमेह भएका कारण लामो समयदेखि अस्पताल नआइरहेका डा. झाको परिवारका केही सदस्यमा समेत कोरोना संक्रमण देखिएको थियो ।

 

प्रतिक्रिया