प्रधानमन्त्रीद्वारा बहिनी कौशल्याबाट भाइटिका ग्रहण (फाेटाे फिचर)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भाइटिका ग्रहण गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भाइटिकाको शुभ साइतमा प्रधानमन्त्री ओलीले बहिनी कौशल्या कोइरालाको हातबाट भाइटिका लगाएका हुन् ।

प्रधानमन्त्रीसँगै उनकी धर्मपत्नी राधिका शाक्यले पनि बहिनी कोइरालाको हातबाट टिका ग्रहण गरेको प्रधानमन्त्री निवासले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीले बहिनी कौशल्या कोइरालालाई पनि टिका लगाइदिएका थिए ।
तस्विरः प्रधानमन्त्रीका स्वकीय सचिबालयबाट

प्रतिक्रिया