ट्रम्पले भने- ‘बाइडेनले चुनाव जिते, किनकी धाँधली भयो’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो पटक ३ नोभेम्बरमा भएको निर्वाचनमा जो बाइडेनले जितेको भन्दै ट्विट गरेका छन् ।
तर उनको यो हारको स्विकारोक्ति थिएन, उनले फेरि भनेका छन्- ‘बाइडेनले धाँधली गरेर चुनाव जिते ।’ ट्रम्पले आफ्नो आफ्नो ट्विटमा जो बाइडेनको नाम भने लिएका छैनन् । आइतबारको एक ट्विटमा ट्रम्पले लेखेका छन्- उनीहरुले चुनाव जितेका छन्, किनकि चुनावमा धाँधली भएको छ ।
RIGGED ELECTION. WE WILL WIN!
— Donald J. Trump (@realDonaldTrump) November 15, 2020
उनले केही राज्यमा कानूनी लडाइँ शुरु गरेका छन् । तर, उनले आफ्नो दाबीलाई सही साबित गर्ने सबुत पेस गर्न सकेका छैनन् । त्यसैले अदालतबाट उनको पक्षमा कुनै फैसला भएको छैन ।
उनले अर्को ट्विट गर्दै लेखेका थिए, ‘धाँधलीयुक्त चुनाव, हामी जित्छौँ ।’ फेक न्युजहरुका कारण बाइडेनले जितेको नतिजा आइरहेको उनको टिप्पणी छ ।
He won because the Election was Rigged. NO VOTE WATCHERS OR OBSERVERS allowed, vote tabulated by a Radical Left privately owned company, Dominion, with a bad reputation & bum equipment that couldn’t even qualify for Texas (which I won by a lot!), the Fake & Silent Media, & more! https://t.co/Exb3C1mAPg
— Donald J. Trump (@realDonaldTrump) November 15, 2020









