महामारीका वाबजुद विकास र समृद्धिको यात्रा जारी छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी महामारीका वाबजुद विकास र समृद्धिको यात्रा जारी रहेको बताएका छन् । तिहारको मुख्य दिन भाइटिकाका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले महामारीका वाबजुद पनि मुलुकको विकास तथा समृद्धिको यात्रालाई अघि बढाइरहेको बताएका हुन् ।

विश्वब्यापी रुपमा फैलिएको कोभिड-१९ को महामारीका कारण मानव स्वास्थ्यलाई ध्यानमा राख्दै विशेष सावधानी अपनाएर यसवर्षको तिहार पर्व मनाउन उनले आह्वान गरे । साथै कोरोनाले जनताको स्वास्थ्यमा गरेको क्षति न्यूनीकरण गर्दै रोकथाम तथा नियन्त्रणमा सरकारले आवश्यक कदम चाल्दै आएको प्रधानमन्त्रीले जानकारी दिए ।

सिंगो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार र मानवीय विकासका क्षेत्रमा नवनिर्माणको चरणमा प्रवेश गरेको उनको भनाई छ । ‘यस अवसरमा राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन म सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक आह्वान गर्दछु,’ ओलीको सन्देशमा भनिएको छ- ‘यसै एकता मार्फत्हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुनेछौं भन्ने विश्वास दिलाउन चाहन्छु ।’

हेर्नुहोस् सन्देशको पूर्णपाठ :-

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”99977039719″ /]

प्रतिक्रिया