३ मंसिरमा बस्ने गरी नेकपा सचिवालय बैठक सम्पन्न
२०७७ कार्तिक २८ गते

तस्वीरः प्रधानमन्त्री कार्यालय।
काठमाडौं । मंसिर ३ गते बस्ने गरी आजको नेकपा सचिवालय बैठक सम्पन्न भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार करिब १ महिनाको रस्साकस्सीपछि बसेको सचिवालय बैठक आगामी ३ मंसिरमा बस्नेगरी सम्पन्न भएको हो ।
थापाले भनेका छन्–‘मंसिर ३ गतेको एक बजे बस्ने गरी आजको सचिवालय बैठक सम्पन्न भएको छ ।’
बैठकका अन्य निर्णयबारे सल्लाहकार थापाले केही भनेका छैनन् ।
२०७७ कार्तिक २८ गते
प्रतिक्रिया
सम्बन्धित








