ललितपुरको बालकुमारीमा आगलागी (भिडियाेसहित)
२०७७ कार्तिक २८ गते

काठमाडौं । ललितपुरको बालकुमारीमा भिषण आगलागी भएको छ । बालकुमारी पुल बायाँपट्टी रहेको फोहरमैला संकलन गर्ने ठाउँमा आगलागी भएको हो । महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेक प्रसाद राईले आगलागी भएको बताएका छन् । आगलागी स्थलमा उनी आफैँ खटिएका छन् ।

आगो नियन्त्रणका लागि ललितपुर महानगरपालिकाको तीन वटा दमकल प्रयोग गरिएको छ । त्यसले समेत आगलागी नियन्त्रणमा आउन नसकेपछी काठमाडौं महानगरपालिकाबाट पनि दमकल बोलाइएको छ ।
प्रहरीका अनुसार फोहरहरुको विचमा आगलागी भएको छ । आगलागीको कारण अहिलेसम्म खुल्न सकेको छैन ।
भिडियाे :
२०७७ कार्तिक २८ गते
प्रतिक्रिया








