अमेरिकाले नेपाललाई १०० भेन्टिलेटर दियो

काठमाडौं । कोरोना भाइरसको उपचारमा सहयोग पुर्याउने उद्देश्यले अमेरिकाले नेपाललाई एक सय थान भेन्टिलेटर उपलब्ध गराएको छ ।

सोमबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई अमेरिकी राजदुत र्याण्डी बेरीले एक सय थान भेन्टिलेटर हस्तान्तरण गरेका थिए ।

राजदुत बेरीले स्वास्थ्य मन्त्रालयमा मन्त्री ढकाललाई उक्त भेन्टिलेटर हस्तान्तरण गरेका हुन् । हस्तान्तरित उक्त भेन्टिलेटरले गम्भिर कोरोना संक्रमण भएका नागरिकको स्वास्थ्योपचारमा सहयोग पुग्ने विस्वास लिइएको छ ।

मन्त्रालयले उक्त भेन्टिलेटरहरु आवश्यक्ताका आधारमा देशका विभिन्न सरकारी अस्पतालहरुमा पठाउने छ ।

प्रतिक्रिया