पछिल्लो कोरोना अपडेट : थप १५ जनाको निधन, नयाँ संक्रमितको संख्या कति ?

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट हुने कोभिड १९को संक्रमणबाट थप १५ जनाको निधन भएको छ । योसँगै नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार १ सय ८९ पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

यस्तै पछिल्लो २४ घण्टमा १ हजार ९ सय १३ जना नयाँ संक्रमित थपिँदा २ हजार ३ सय ४९ जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका १ हजार ९ सय १३ जनासहित देशभर संक्रमितको संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ ।

संक्रमितमध्ये १ लाख ६४ हजार ५ सय ९२ जना कोरोना मुक्त भएका छन् । यसैबीच गत २४ घण्टाको समयावधिमा काठमाडौं उपत्यकामा थप ९ सय ७३ नयाँ संक्रमित थपिएका छन् ।

 

प्रतिक्रिया