प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण

काठमाडाैं । नागरिक उड्डयन प्राधिकरण (CAAN) काे मापदण्ड अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड (Helipad) निर्माण कार्य सम्पन्न भएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत् यसबारे जानकारी गराएका हुन् । सल्लाहकार थापाका अनुसार प्रधानमन्त्री नेपाली सेनाकाे हेलिकप्टरबाट संखुवासभाका विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा हिजाे (कात्तिक २६) नवनिर्मित हेलिप्याडबाट नै पहिलाे उडान गरिएकाे थियाे । साँझ निवास फर्किँदा पनि नवनिर्मित हेलिप्याडमै अवतरण गरिएकाे थियाे ।

उनले लेखेका छन्- ‘यसबाट अब उपरान्त बालुवाटारबाट एयरपोर्ट जान-आउन लाग्ने समय बचत हुनुका साथै ट्राफिक जामबाट सर्वसाधारणले सास्ती खेप्नुपर्ने समस्या पनि सिर्जना हुने छैन ।’

प्रतिक्रिया