वरिष्ठ उपाध्यक्षको लागि चुनावी मैदानमा आएका ढकाल र प्रधानलाई क–कसको साथ ?

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको चुनावी माहोल बढेको छ । पछिल्लो समयमा उद्योगी नेताहरु चुनावका लागि मैदानमा उत्रिएका छन् । महासंघको नेतृत्वसक्षम र सबल पक्षको हातमा आउनुपर्ने भनेर दुबै पक्षले दाबी गरिरहेका छन् । महासंघको चुनावमा पूर्व अध्यक्षहरुको भूमिका महत्वपुर्ण हुने गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते राजधानीमा हुँदैछ । चुनावका लागि वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकाल र किशोर प्रधान प्यानलसहित देशदौडा चुनावी प्रतिस्पर्धामा होमिएका छन् । प्रायः महाधिवेशनमा पूर्व अध्यक्षहरुको भूमिका रहने गरेको छ ।

प्यानल बनाएर वरिष्ठ उपाध्यक्षको चुनावी प्रतिस्पर्धामा आएका चन्द्र ढकाललाई चन्डीराज ढकाल र किशोर प्रधानलाई पशुपति मुरारको साथ छ । चण्डीराज ढकाल व्यवसायमा त्यती सफल नरहे पनि महासंघको राजनीतिमा सफल छन् । मुरारकाले व्यवसायमा सफल भएसँगै महासंघको राजनीतिमा पनि सक्रियता बढाएका छन् ।

अहिले पूर्वअध्यक्ष ढकाल वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालको टीमलाई जिताउन भोट माग्दै हिँडेका छन् । पूर्वअध्यक्ष मुरारका भने वरिष्ठ उपाध्यक्षमा किशोर प्रधानको टीमलाई जिताउन भोट माग्दै हिँडेका छन् ।

चन्डीराज ढकाल र पशुपती मुरारका दुबैले उद्योगी र व्यवसायीका समस्या समाधान गर्न सहयोग गर्दछन् । सजिलैसँग उद्योगीहरुलाई भेटने, फोनमार्फत् पनि समस्या सुनिदिने, सरकारसँग उद्योगीका समस्यालाई सामाधान गर्न पहल गर्ने गर्दछन् । यी नै कारणले उद्योगीहरुले ढकाल र मुरारकालाई उद्योग क्षेत्रको नेता मान्ने गरेका छन् ।

राजनीतिक बल प्रयोग गर्न उद्योगीले चन्डीराज ढकाललाई सम्झने गरेका छन् भने प्रशासनिक समस्याका लागि मुरारकालाई सम्झने गरेका छन् । उद्योगीहरुले दुवै पूर्व अध्यक्षको सहयोग लिने गरेका छन् ।

प्रधान प्यानलबाट वस्तुगत उपाध्यक्षमा अन्जन श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ र एशोसिएटमा सौरभ ज्योतिले उम्मेदवारी घोषणा गरेका छन् । ढकाल प्यानलबाट बस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोसिएट उपाध्यक्षमा रामचन्द्र संघाईले उम्मेदवारी घोषणा गरेका छन् ।

प्रतिक्रिया