सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापा पक्राउ

काठमाडाैं । सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापा पक्राउ परेका छन् ।

उनीविरूद्ध एक महिना अगाडि उजुरी परेकाे थियाे । झविन्द्रप्रसाद बञ्जाडेले चेक बाउन्सकाे आरोप लगाउँदै प्रहरीमा उजुरी दिएका थिए । अनुसन्धानका क्रममा उनलाई महानगरीय प्रहरी परिसर, काठमाडौंको टोलीले कालिमाटीबाट नियन्त्रणमा लिएकाे प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

अध्यक्ष थापाले केही महिनाअघि एक करोड रुपैयाँको चेक बञ्जाडेलाई दिएका थिए । उनकाे खातामा पैसा नै नरहेको भन्दै बञ्जाडेले एक महिनाअघि परिसरमा निवेदन दिएका थिए । त्यसपछि उनी पक्राउ परेका हुन् । अहिले थापालाई महानगरीय प्रहरी परिसर टेकुमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया