कांग्रेस केन्द्रीय समिति बैठक मिति सार्दैमा ठिक्क, २७ गतेको बैठक पुनः स्थगित
२०७७ कार्तिक २६ गते

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि सरेको छ । कात्तिक २७ गते बस्ने भनिएको बैठक एक दिन पछि सरेको हो ।
बिहीबार दिउँसो १ बजे बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार दिउँसो १ बजे बस्ने गरी सारिएको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला होम आइसोलेसनमा रहेका कारण बैठक सारिएको पनि पौडेलले बताए ।
पार्टीमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच समायोजन, क्रियाशील सदस्यता लगायतका विषयमा सहमति जुटेपछि २७ गते केन्द्रीय कार्यसमिति बैठक बोलाइएको थियो ।
तर कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै कात्तिक २८ गते दिउँसो १ बजेलाई सारिएको बताएका छन् ।
२०७७ कार्तिक २६ गते
प्रतिक्रिया
सम्बन्धित








