शाहरुख र अक्षयले कहिल्यै एकसाथ काम गरेनन्, कारण यस्तो छ

एजेन्सी । शाहरुख खान र अक्षय कुमार दुबै बलिउडका सुपरस्टार अभिनेताहरू हुन् । उनीहरूको आफ्नै फ्यान फलोइङ छ । तर,  यी दुईले अहिलेसम्म कुनै पनि चलचित्र वा प्रोजेक्टमा सँगै काम भने गरेका छैनन् । यसकाे कारण शाहरुख खान आफैले प्रकट गरेका छन् ।

शाहरुखका अनुसार अक्षय बिहान सबेरै उठ्छन् र राती अबेरसम्म शुटिङ गर्न मन पराउँदैनन् । शाहरुख दिनमा एकदमै कम शुटिङ गर्छन् । उनलाई रातमा शुटिङ गर्न मन पर्छ । जब अक्षयको उठ्ने समय हुन्छ, तब शाहरुख सुत्न जान्छन् । त्यसैले दुवै एकै सेटमा एकै समय एकै प्रोजेक्टमा काम गर्न सम्भव छैन ।

एक कार्यक्रममा शाहरुखले भनेका छन् –‘हामीले कहिल्यै सँगै काम गरेका छैनाैं, न त अब यो गर्न पाउने नै छाैं ।किनकी हाम्राे जीवनशैली धेरै फरक छ । समय नै मिल्दैन ।’ यद्यपि उनीहरूले सँगै काम गर्न नचाहेका भने हाेइनन् । शाहरूख अक्षयसँग काम गर्न चाहन्छन् तर, यो कहिले जुर्छ कसैलाई थाहा छैन ।

प्रतिक्रिया