शुक्रबारलाई सर्यो कांग्रेसकाे केन्द्रीय कार्यसमितिकाे बैठक

काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकाे कार्तिक २७ अर्थात् भाेलिका लागि ताेकिएकाे केन्द्रीय कार्यसमितिकाे बैठक सरेकाे छ । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पाैडेलले एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

उनका अनुसार बैठक २८ गते शुक्रबार १ बजेका लागि सारिएकाे छ । पार्टीकाे केन्द्रीय कार्यालयमा बस्ने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति हुने बताइएकाे छ ।

यसअघि २१ गते शुक्रबारका लागि बैठक बाेलाइएकाे थियाे । तर वरिष्ठ नेता पौडेल पक्षका मागमा सहमति नजुटेपछि सोमबारका लागि सारिएको थियो । तर उक्त समयमा पनि बैठक बस्न सकेकाे थिएन ।

प्रतिक्रिया