लागुऔषध १८०० एम्पुल सहित दुई जना पक्राउ

काठमाडाैं । प्रहरीले लागु औषध १८०० एम्पुल सहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बारा र जिल्ला प्रहरी कार्यालय बाराको ठिक बीच बाल मन्दिर अगाडी सडक खण्डबाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्सा वीरगञ्जले जिल्ला प्रहरी कार्यालय बाराको समन्वयमा म.न.पा.वडा नं.२५ मौजे सिर्सिया स्थित सडक खण्डबाट जिल्ला बारा कलैया उ.म.न.पा.वडा नं.९ रामपुर बस्ने बर्ष २० को रोशन साह कलवार र जिल्ला बारा कलैया उ.म.न.पा.वडा नं.९ रामपुर बस्ने बर्ष २९ को चन्दन प्रसाद कुशवाहालाई पक्राउ गरेको छ।
चेकजाँच गर्ने क्रममा लागुऔषध फेनारगन ६०० एम्पुल, डाइजेपाम ६०० एम्पुल र नुर्फिन ६०० एम्पुल इन्जेक्सन गरी १८०० एम्पुल बरामद गरेको प्रहरीले जनाएकाे छ । साथै उनीहरू सवार ना२० प ६४२८ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएर लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम लागु औषध सम्बन्धी कसुर मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्सा वीरगञ्जले जनाएको छ ।








