अक्षयको ‘लक्ष्मी’ले तोड्यो रेकर्ड, सुशान्तको ‘दिल बेचारा’ लाई हरायो

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारको चलचित्र ‘लक्ष्मी’ १० नोभेम्बरका दिनदेखि ओटीटीमा रिलीज भएको छ । चलचित्रले निश्चित रूपमा आलोचकहरुको एक मिश्रित प्रतिक्रिया पाएको छ । तर, अक्षयको अभिनयलाई भने, सबैले मन पराएका छन् ।

दिपावलीको अवसरमा ठूलो धमाका गर्ने लक्ष्यले सो चलचित्र रिलिज गरिएको हो । उक्त चलचित्रलाई ओटीटीमा सबै भन्दा धेरै पटक हेरिएको छ । भारतीय सञ्चार माध्यका अनुसार चलचित्र ‘लक्ष्मी’ ले रिलिज भएको केहि घण्टामै सबै रेकर्ड ताेडेको छ ।

अक्षयको ‘लक्ष्मी’ ले सुशांत सिंह राजपूतको अन्तिम चलचित्र दिल बेचारालाई समेत पछाडि पारेको छ । सुशान्तको अन्तिम चलचित्र ‘दिल बेचारा’ काे लामो समयसम्म रेकर्ड नटुट्ने अनुमान गरिएकाे थियाे ।  तर, केहि महिनामै अक्षयले आश्चर्यजनक काम गरेर देखाएका छन् ।

निर्देशक राघव लरेन्सद्धारा निर्देशित ‘लक्ष्मी’ दक्षिण चलचित्र कंचनाको हिन्दी रीमेक हो । चलचित्रमा अक्षयले उत्कृष्ट काम गरेर सबैलाई खुशी पारेका छन् ।

प्रतिक्रिया