कोरोना संक्रमणबाट तरुण दलका नेताको मृत्यु

विराटनगर । नेपाली कांग्रेस निकट तरुण दलका स्थानीय नेताको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । विराटनगरका ३७ वर्षीय राजु गुप्ताको मंगलबार बिहान मृत्यु भएको हो ।

केहि दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि उनलाई कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको थियो । उपचारको क्रमको क्रममा मंगलबार बिहान १०:३० बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

गुप्ता नेपाल विद्यार्थी संघ मोरङको दुई कार्यकाल जिल्ला सदस्य निर्वाचित भएको विद्यार्थी नेता सेन्ट्रो मेहतले जानकारी दिए । मेहतका अनुसार गुप्ता तरुण दलका निर्वाचित महाधिवेशन प्रतिनिधि थिए ।

प्रतिक्रिया