महिनावारी स्वास्थ्य र स्वच्छताको साझेदारहरुको गठबन्धन हो–केकी

काठमाडौं । अभिनेत्री केकी अधिकारीले बर्जित र लान्छानाले घेरीएको महिनावारी समय र परिस्थिति परिवर्तन भएसँगै सरकार पनि संलग्न भएकोमा खुसी व्यक्त गरेकी छिन् ।

केकीले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत् हाम्रो देशमा अझै पनि बर्जित र लान्छानाले घेरिएको महिनावारी स्वास्थ्य र स्वच्छता साझेदारहरूको गठबन्धन भएको बताएकी हुन् ।

केकीले लेखेकी छिन् –‘हाम्रो देशमा अझै पनि महिनावारी प्रायः बर्जित र लान्छनाले घेरिएको छ । यद्यपि म खुशी छु कि परिस्थिति परिवर्तन हुँदैछन् र धेरै सरोकारवालाहरू यसमा संलग्न छन् । महिनावारी स्वास्थ्य र स्वच्छता साझेदारहरूको गठबन्धन – नागरिक समाज, शैक्षिक संस्था र निजी क्षेत्रका ८० भन्दा बढी संस्थाहरूको सञ्जाल हो । यो सञ्जाल महिनावारीसम्बन्धी सबै किसिमका लान्छनाहरु हटाउन र महिला र किशोरीहरूका महिनावारीका लागि सहज वातावरण सिर्जना गर्न संग्लग्न छन् ।’

प्रतिक्रिया