चन्द्रागिरि-७ मा जेष्ठ नागरिक भवन दिवा सेवा सञ्चालनमा

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ मा जेष्ठ नागरिक भवन दिवा सेवा सञ्चालनमा आएको छ । नगरपालिका नगर प्रमुख घनश्याम गिरीले एक कार्यक्रमकाबीच उक्त जेष्ठ नागरिक भवन सञ्चालन गरेका हुन् ।

कार्यक्रममा बोल्दै नगर प्रमुख गिरीले एकीकृत जेष्ठ नागरिक भवनहरू १५ वटै वडाहरूमा आवश्यक रहेको बताए । मेयर गिरीले भने, ‘जेष्ठ नागरिकहरूको सम्मान गर्नु र उहाँहरूमा भए गरेका अनुभव आदान प्रदान गर्न र सव्य समाज निर्माणमा जेष्ठ नागरिक भवनहरूले अतुलनीय भूमिका निभाउनेमा हामी विश्वस्त छौ ।’सोच, लक्ष्य र उदेश्य भयो भने सफलता हासिल हुने बताउदै सकारात्मक र काममा लगनशीलता भए सवै कार्यकोले मुर्तरुप लिने नगरप्रमुख गिरीकोको भनाई छ । नगरपालिकाले आम नागरिकहरूको सेवा सुविधाका लागि सक्दो सहयोग गरिने नगरप्रमुख गिरीले बताए ।

वरिष्ठ साहित्यकार तथा पूर्वमन्त्री मोदनाथ प्रश्रितले समाजमा गरिने हरेक गतिविधि समाज रूपान्तरण लागि हुनु पर्ने बताए । उनले नव निर्मित जेष्ठ नागरिक भवन सवै वर्ग समुदायका आम नागरिहरूको समान दायित्व अधिकार सहितको उपयोगी सिद्ध हुने बताए । भवन निर्माण पश्चात् आम नागरिकहरूले बहुउपयोगी रूपमा सेवा र सुविधा लिनु पर्ने उनको भनाइ छ ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ का अध्यक्ष सम्भुकुमार केसीले भवन निर्माणमा सहयोग गर्ने हरेक नागरिकलाई धन्यवाद दिदै आगामी दिनमा थप सहयोग गर्दै जाने बताए ।जेष्ठ नागरिक भवनका अध्यक्ष रूद्र प्रसाद शर्माले जेष्ठ नागरिकको भवन सामाजिक भवन भएकै कारण स्रोत व्यवस्थापन गर्दै अगाडि वढ्नु पर्ने हुदा सवैको साथ र सहयोग आवश्यक रहेको औल्याए । उनले भवन निर्माण १ वर्षमा तयारी भएको र उक्त भवनमा स्वास्थ परिक्षण,चिया खाजा सुविधा राम्रो व्यवस्थापन हुने र व्यक्तिको जन्म दिनको उपलक्ष्यमा चिया खाजा खुवाउन सकिन अध्यक्ष शर्माले बताए ।

जिल्ला समन्वय समिति काठमाडौ सदस्य तेजिला थापाले सहयोगी ठूला साना सवैको सहयोग अतुलनीय रहेको कारण बहुउपयोगी भवन तयार सम्पन्न भएको उनको भनाई छ । भवन निर्माणका अनुगमन सदस्य तथा जनप्रतिनिधि महाविर खड्काले जेष्ठ नागरिकको नव निर्मित भवनले स्थानीय स्तरमै नयाँ र उदाहरणीय कार्य भएको बताउदै सवैको साथ र सहयोग आवश्यक रहनु पर्ने उनको भनाई छ ।वडा सदस्य उमा थापाले सवै जेष्ठ नागरिकको सम्मानको कुरा रहेको बताउदै भवन निर्माण गर्व र खुशी र सोच अनुसारको काम भएको उनको धारणा व्यक्त गरिन् ।

जेष्ठ नागरिक भवन दिवा सेवा चन्द्रागिरि ७ आमकारेश्वर भवन निर्माण गर्न बाल तपस्सी पण्डित उत्तमभट्ट महाराजबाट श्रीमद्भागवत ज्ञान महायज्ञ लगायत स्थानीयहरूको सहयोगमा ८० लाख ५३ हजार ७ सय ५४ रूपया नगद संकलन भएको थियो । जेष्ठ नागरिक भवन निर्माणमा सहयोग पुर्याउने दातालाई समेत चार चरण गरि सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया