चन्द्रागिरि-७ मा जेष्ठ नागरिक भवन दिवा सेवा सञ्चालनमा

काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ मा जेष्ठ नागरिक भवन दिवा सेवा सञ्चालनमा आएको छ । नगरपालिका नगर प्रमुख घनश्याम गिरीले एक कार्यक्रमकाबीच उक्त जेष्ठ नागरिक भवन सञ्चालन गरेका हुन् ।
कार्यक्रममा बोल्दै नगर प्रमुख गिरीले एकीकृत जेष्ठ नागरिक भवनहरू १५ वटै वडाहरूमा आवश्यक रहेको बताए । मेयर गिरीले भने, ‘जेष्ठ नागरिकहरूको सम्मान गर्नु र उहाँहरूमा भए गरेका अनुभव आदान प्रदान गर्न र सव्य समाज निर्माणमा जेष्ठ नागरिक भवनहरूले अतुलनीय भूमिका निभाउनेमा हामी विश्वस्त छौ ।’
सोच, लक्ष्य र उदेश्य भयो भने सफलता हासिल हुने बताउदै सकारात्मक र काममा लगनशीलता भए सवै कार्यकोले मुर्तरुप लिने नगरप्रमुख गिरीकोको भनाई छ । नगरपालिकाले आम नागरिकहरूको सेवा सुविधाका लागि सक्दो सहयोग गरिने नगरप्रमुख गिरीले बताए ।
वरिष्ठ साहित्यकार तथा पूर्वमन्त्री मोदनाथ प्रश्रितले समाजमा गरिने हरेक गतिविधि समाज रूपान्तरण लागि हुनु पर्ने बताए । उनले नव निर्मित जेष्ठ नागरिक भवन सवै वर्ग समुदायका आम नागरिहरूको समान दायित्व अधिकार सहितको उपयोगी सिद्ध हुने बताए । भवन निर्माण पश्चात् आम नागरिकहरूले बहुउपयोगी रूपमा सेवा र सुविधा लिनु पर्ने उनको भनाइ छ ।
चन्द्रागिरि नगरपालिका वडा नम्बर ७ का अध्यक्ष सम्भुकुमार केसीले भवन निर्माणमा सहयोग गर्ने हरेक नागरिकलाई धन्यवाद दिदै आगामी दिनमा थप सहयोग गर्दै जाने बताए ।
जेष्ठ नागरिक भवनका अध्यक्ष रूद्र प्रसाद शर्माले जेष्ठ नागरिकको भवन सामाजिक भवन भएकै कारण स्रोत व्यवस्थापन गर्दै अगाडि वढ्नु पर्ने हुदा सवैको साथ र सहयोग आवश्यक रहेको औल्याए । उनले भवन निर्माण १ वर्षमा तयारी भएको र उक्त भवनमा स्वास्थ परिक्षण,चिया खाजा सुविधा राम्रो व्यवस्थापन हुने र व्यक्तिको जन्म दिनको उपलक्ष्यमा चिया खाजा खुवाउन सकिन अध्यक्ष शर्माले बताए ।
जिल्ला समन्वय समिति काठमाडौ सदस्य तेजिला थापाले सहयोगी ठूला साना सवैको सहयोग अतुलनीय रहेको कारण बहुउपयोगी भवन तयार सम्पन्न भएको उनको भनाई छ । भवन निर्माणका अनुगमन सदस्य तथा जनप्रतिनिधि महाविर खड्काले जेष्ठ नागरिकको नव निर्मित भवनले स्थानीय स्तरमै नयाँ र उदाहरणीय कार्य भएको बताउदै सवैको साथ र सहयोग आवश्यक रहनु पर्ने उनको भनाई छ ।
वडा सदस्य उमा थापाले सवै जेष्ठ नागरिकको सम्मानको कुरा रहेको बताउदै भवन निर्माण गर्व र खुशी र सोच अनुसारको काम भएको उनको धारणा व्यक्त गरिन् ।
जेष्ठ नागरिक भवन दिवा सेवा चन्द्रागिरि ७ आमकारेश्वर भवन निर्माण गर्न बाल तपस्सी पण्डित उत्तमभट्ट महाराजबाट श्रीमद्भागवत ज्ञान महायज्ञ लगायत स्थानीयहरूको सहयोगमा ८० लाख ५३ हजार ७ सय ५४ रूपया नगद संकलन भएको थियो । जेष्ठ नागरिक भवन निर्माणमा सहयोग पुर्याउने दातालाई समेत चार चरण गरि सम्मान समेत गरिएको थियो ।









