भारतबाट अवैधरुपमा ल्याएको कोब्रा र टर्की पटका बरामद
२०७७ कार्तिक २३ गते

विराटनगर । भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको कोब्रा किङ्ग र टर्की पटका प्रहरीले पक्राउ गरेको छ ।
तिहार तथा छठ पर्वमा पड्काउनका लागि भारतबाट नेपाल भित्र्याउँदै गरेको पटका मोरङ सुनवर्सी नगरपालिका ८ बाट प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी सिक्टीको गस्ती टोलीले ७ बण्डल कोब्रा (३५० प्याकेट) र ३ बण्डल टर्की (१५० प्याकेट) नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
सुनबर्सीको रन्ना टोलमा भारतबा अवैधरुपमा ल्याएको पटका नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रवक्ता प्रहरी नायब उपरिक्षक मानबहादुर राईले जानकारी दिए । उनका अनुसार पटाका शनिबार राती नियन्त्रणमा लिएको हो ।
२०७७ कार्तिक २३ गते
प्रतिक्रिया
सम्बन्धित








