मृगकुन्ज मध्यवर्तीको चुनाव : एक सदस्य बाहेक सबैमा नेकपाका उम्मेदवार विजयी

काठमाडौँ । लामो समयको रस्साकस्सी पछि चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने रत्ननगरस्थित मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समिति गठन भएको छ ।

सहमती जुटाउने प्रयास असफल भएपछि शनिवार निर्वाचन नै भएको थियो । निर्वाचनमा नेकपा निकटका दुर्गाप्रसाद घिमिरे अध्यक्षमा निर्वाचित भए । इकाई नम्बर पाँचबाट विजयी भएका घिमिरे बहुमत प्राप्त गरी अध्यक्षमा चयन भएका हुन् ।

मृगकुञ्जको कार्यसमिति चयनका लागि ९ वटा इकाइ संयोजकको निर्वाचन भएको थियो । नेकपा र नेपाली काँग्रेस बीच भएको प्रतिस्पर्धामा नेकपाले ८ वटा इकाइ जितेर अध्यक्षसहित बहुमतको कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा हठन महतो, सचिवमा सागर मिश्र, कोषाध्यक्षमा संजय चौधरी र सदस्यहरुमा बुद्धिमान विक, भिखु महतो, नवराज श्रेष्ठ, ओमप्रसाद रिमाल र पूर्णप्रसाद ढुंगाना निर्वाचित भएका छन् ।

४ नम्बर इकाइबाट विजयी नवराज श्रेष्ठ नेपाली काँग्रेसका निकटका हुन् भने अन्य सबै निर्वाचित नेकपाबाट निकटका हुन् ।

निर्वाचित अध्यक्षसहित पदाधिकारी तथा सदस्यहरुलाई शनिवार नै चितवन निकुञ्जले प्रमाणपत्र वितरण गरेको छ ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष दुर्गाप्रसाद घिमिरेले वन्यजन्तु संरक्षण र सामुदायिक विकासलाई संगसँगै अगाडि बढाउने बताए ।

संरक्षणलाई जनताको जीविकोपार्जनसँग जोड्न नसके प्रभावकारी नहुने भन्दै जैविक विविधता संरक्षणको लागि जनसहभागितालाई प्राथमिताका साथ अगाडि बढाउने उनले बताए ।

प्रतिक्रिया