नेकपा सचिवालय बहुमत सदस्य पुगे बालुवाटार, बैठकका लागि लिखित आग्रह गरिने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्य प्रधानमन्त्री सरकारी निवास बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका अर्का नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई सचिवालय बैठक बोलाउन सामूहिक आह्वान गर्न नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ बालुवाटार पुगेका हुन् ।

यसअघि आजै बिहान पार्टी कार्यालय धुम्बाराहीमा उनीहरुले अनौपचारिक छलफल गरेका थिए । गत शुक्रबार अध्यक्ष दाहालले बोलाएका सचिवालय बैठकमा ओली उपस्थित भएका थिएनन् । त्यसक्रममा ओलीलाई सचिवालय बैठक बोलाउन सामूहिक आग्रह गर्ने निर्णय भएको थियो ।

५ सचिवालय सदस्यहरुले बैठक बोलाउन माग गरिएको पत्रसमेत लिएर बालुवाटार पुगेका हुन् ।

 

प्रतिक्रिया