दाङमा ५९ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु

घोराही । दाङमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । घोराहीका ५९ वर्षीय एक पुरुषको कोरोनाका कारण बाँकेमा मृत्यु भएको हो ।

घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी ती पुरुषको बाँकको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा शनिवार विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको पिसिआर परीक्षणका क्रममा उनलाई कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

स्वास्थ्यमा सुधार नआएपछि उनको शनिवार विहान ५ बजेर २५ विरामीको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।

उनको कात्तिक २० गतेसम्म कोरोना विशेष अस्पताल बेलझुण्डी दाङमा उपचार गरिएको थियो । संक्रमितको स्वास्थ्य थप जटिल बन्दै गएपछि कात्तिक २० गते बेलुका उनलाई बाँकेस्थित भेरी अस्पताल थप उपचारका लागि लगिएको थियो ।
यो सहित बाँकेमा ६३ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

त्यसमध्ये २८ जना बाहिरी जिल्लाबाट उपचारका लागि बाँके लगिएकाहरू छन् भने अन्य ३५ जना बाँकेका हुन । दाङमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

प्रतिक्रिया