भाई मसला किलोमा नै २० देखि ५ सय रुपियाँसम्म सस्तोे, कुनको मूल्य कति ? (मूल्यसहित)

काठमाडौं । नेपालीहरूकाे दाेस्राे ठूलाे चाड तिहारको माहोल नजिकिँदै गर्दा बजारमा भाई मसलाको व्यापार चम्किने गर्दछ । अघिल्ला वर्षहरुमा भाई मसलाको मूल्य वृद्धि हुने गरेको थियो । तर, यस वर्ष भने प्रायः भाई मसलाको मूल्य घटेको छ ।

खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले यस वर्षको तिहारमा बिक्री हुने भाई मसलाको मूल्य १० प्रतिशतसम्म घटेको बताए । उनले भने ‘कोरोनाको कारणले गर्दा बजारमा भाई मसलाको मूल्य घटेको हो । होलसेलहरुले नै खुद्रा व्यापारीहरुलाई मूल्य घटेको कारणले मूल्य घटाएर नै बिक्री गर्न भनिरहेका छन् । त्यसै अनुसार हामीले मूल्य घटाएर बिक्री गरिरहेका छौं ।’

तिहार नजिकिँदै जादा भाई मसलामा प्रतिकेजी २० देखि ५ सय रुपियाँसम्म मूल्य घटेको छ । भाई मसलामा सबैभन्दा धेरै ल्वाङको मूल्य घटेको छ । ल्वाङ प्रतिकेजी ५ सय रुपियाँ मूल्य घटेको छ । अघिल्लो वर्षको तिहारमा ल्वाङको मूल्य १८ सय रुपियाँ थियो । भने, यस वर्ष मूल्य घटेर १३ सय रुपियाँमा झरेको छ ।

त्यस्तै, काजु, मिश्री, किसमिस, नरिवाल, ओखर, दालचिनी, अलैँची र सुकमेललगायका मसलाको यस वर्ष मूल्य घटेको छ ।
बदाम र सुपारीको भने यस वर्ष पनि मूल्य वृद्धि भएको छ । बदाममा प्रतिकेजी ५० र भारतको सुपारीमा प्रतिकेजी २ सय ५० रुपियाँ मूल्य वृद्धि भएको छ । अघिल्लो वर्ष बदामको मूल्य १५ सय रुपियाँसम्म थियो । यस वर्ष १५ सय ५० रुपियाँ पुगेको छ ।

त्यस्तै, भारतबाट आयात हुने सुपारीको पनि यस वर्ष मूल्य वृद्धि भएको छ । अघिल्लो वर्ष ६ सय ५० रुपियाँ भएको मूल्य यस वर्ष ९ सय रुपियाँ पुगेको छ ।

कोरोनाको कारण करिब ७ महिना बन्द भएको बजार दसैंदेखि चहलपहल बढेको थियो । तिहारमा पनि विस्तारै बजारले गति लिइरहेको छ । तिहारमा धेरैभन्दा धेरै भाई मसलाको बिक्री हुने गरेको खुद्रा व्यापार संघका अध्यक्ष श्रेष्ठले बताए ।

लामो समयको बन्दाबन्दीका कारण बिक्रीमा गिरावट आएको मसलाको व्यापार तिहारमा बढ्ने व्यापारीहरूले बताएका छन् ।
व्यापारीहरुले तिहारमा आवश्यक भाई मसला बिक्री गर्नको लागि प्याकिङ गर्न सुरु गरेका छन् । प्याकिङ गरेको मसला बजारमा पुर्याउने तयारीमा व्यापारीहरु रहेका छन् ।

श्रेष्ठका अनुसार कोरोना संक्रमितको संख्या वृद्धि हुँदै गएकाले अझै पनि लकडाउन हुने हो कि भन्ने त्रासले थोरै मात्र नाफा राखेर बेचिरहेकोले बजारमा भाई मसला सस्तो भएको छ । बजारमा व्यापारीहरूको प्रतिस्पर्धा रहेको तर मानिसको भीड कम भएकाले पनि भाई मसलाको मूल्य कम भएको हो ।

केही प्रकारका भाई मसलाहरु नेपालमा नै पनि उत्पादन हुने गरेका छन् । तर, नेपालमा उत्पादन भएको भाई मसलाले नपुग्ने भएर विदेशबाट आयात हुने गरेको छ । मखना, ओखरलगायतका मसला चीनबाट आयात हुने गर्छ । भने, काजु, किसमिस, नरिवल, छाेकडा लगायतका मसला भने भियतनाम, कतार, थाइल्यान्ड, भारत, अमेरिका र अस्ट्रेलियालगायतका देशबाट पनि आयात हुने गरेको छ ।
यस्तो छ भाई मसलाको मूल्यसूचि

स्रोत : खुद्रा व्यापार संघ

 

प्रतिक्रिया