कोरोनाले लियो ६३ वर्षीय वडाध्यक्ष शाहको ज्यान

काठमाडौं । कैलालीमा कोरोना भाइरस संक्रमणका कारण एक जनप्रतिनिधिको मृत्यु भएको छ ।

धनगढीस्थित सेती प्रादेशिक अस्पताल अस्पतालमा उपचाररत गौरीगंगा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको आज बिहान मृत्यु भएको हो ।

नगरपालिकाका प्रवक्तासमेत रहेका ६३ वर्षीय शाहको मृत्यु भएको नेकपाका कैलालीका जिल्ला कमिटी सदस्य दीर्घ जोशीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

शाह १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचाररत थिए । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

प्रतिक्रिया