चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु

चितवन । चितवनमा कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको छ । भरतपुरस्थित पुष्पाञ्जली अस्पतालमा उपचाररत भरतपुर २१ का ५९ वर्षीय पुरुषको गएती मृत्यु भएको हो ।

निमोनिया, सुगर प्रेसर सम्वन्धी बिरामी भई कात्तिक ८ गते अस्पताल भर्ना गरिएको थियो । कार्तिक १२ गते उनको स्वाब संकलन गरिएकोमा १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

रिपोट पोजिटिभ आएपछि सोही अस्पतालको कोभिड आइसियुमा उपचार भई रहेकोमा उनको कार्तिक २० गते राती १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया