प्रधानमन्त्रीले चाल्न सक्ने कदमबारे प्रचण्ड र नेपालले गरे कानुन व्यवसायीसँग परामर्श
२०७७ कार्तिक २० गते

काठमाडौं । सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपालले आज (बुधबार) कानुन व्यवसायीहरूसँग परामर्श गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चाल्न सक्ने सम्भावित कदमबारे पार्टी कार्यालय पेरिस डाँडामा कानून व्यवसायीहरूसँग परामर्श गरिएकाे छलफलमा सहभागी एक नेताले बताए । अहिलेको अवस्थामा प्रधानमन्त्रीले चाल्न सक्ने कदमले कस्ता खालका कानुनी संकट ल्याउँछ भन्ने विषयमा सामान्य कुराकानी भएको उनकाे भनाइ छ । प्रचण्ड र नेपालले बोलाएको छलफलमा को-को सहभागी थिए भनेर खुलिसकेकाे छैन ।
आजै मात्र मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले मुलुकमा गम्भीर संकट आउन सक्ने भन्दै मन्त्रीहरूलाई तयार रहन भनेका थिए । अहिले पार्टीभित्रकाे विवाद समाधानका लागि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच छलफल चलिरहेकाे छ ।
२०७७ कार्तिक २० गते
प्रतिक्रिया
सम्बन्धित








