ओलीलाई भेट्न बालुवाटार पुगे प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् ।
आन्तरिक विवाद चुलिँदै जाँदा लामो समयदेखि दुई अध्यक्षबीच संवाद हुन सकेको थिएन । संवाद हुन नसक्दा पार्टीभित्रकाे समस्या समाधान हुन सकेकाे छैन । लामाे समयकाे माैनतालाई ताेड्दै दुई अध्यक्ष सहमतिका लागि छलफलमा जुटेका हुन् ।
यसअघिकाे छलफलमा प्रम ओलीले पार्टी फुटाएरै अघि बढ्ने संकेत दिएका थिए भने प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले उनीविरूद्ध अविश्वासकाे प्रस्तावकाे तयारी गरेका थिए । नेता, कार्यकर्ताबाट मिलेरै अघि बढ्न दबाब आएपछि यही बीचमा दुई अध्यक्ष आज (बिहीबार) वार्तामा बसेका हुन् ।
प्रधानमन्त्रीले ओलीले अध्यक्ष दाहाललाई छुट्टिने भए सल्लाहमै छुट्टिन र आफूले कुनै हालतमा राजीनामा नदिने बताएपछि पहिलो पल्ट भेट हुन लागेको हो । प्रम ओलीले हिजाे मात्रै सार्वजनिक रूपमा राजीनामाकाे कुरा उठाएका थिए ।








